Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बालुटारबाट ओलीको चेतावनी, एमालेमा गुटबन्दी गरे विधान महाधिवेशनमा हिसाब-किताब हुन्छ

 

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमतीका महाधिवेशन प्रतिनिधिलाई बोलाएर आसन्न विधान महाधिवेशनमा एक हुन निर्देशन दिएका छन्।

प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारी निवास बालुवाटारमा बुधबार छलफल गरेको एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले जानकारी दिए।

उनका अनुसार, छलफलमा अध्यक्ष ओलीले भदौ २०–२२ मा हुने विधान महाधिवेशनमा एकताको सन्देश दिने गरी काम गर्न भनेका हु्न्। ‘विधान महाधिवेशनमा एकताको अधिवेशन हुनेछ। अन्यथा महाधिवेशनमा हिसाब–किताब गरिनेछ’, ओलीले चेतावनी दिएका छन्।

लामो सम्बोधनमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकेन्द्रित टिप्पणी गरेका थिए। उनले आफूलाई एमालेभित्र टक्कर दिने भण्डारीबाहेक अर्को नेता नरहेको पनि बताए। पार्टीभित्र उत्पन्न हुँदै गएको समस्याप्रति केन्द्रित हुँदै ओलीले भनेका थिए, ‘विद्याजीबाहेक कसैको दम छैन, उहाँले छोडे सबै कुरा मिल्छ।’

उनले मदन भण्डारी फाउन्डेसन परिवारको सम्पत्ति नभएको टिप्पणी समेत उनले गरे। केही नेताहरूले पूर्वराष्ट्रपति भण्डारीको तस्बिर राखेर गरिएका गतिविधिप्रति ओलीले आक्रोश व्यक्त गरेका थिए।

तर, कोसी प्रदेशमा शक्तिशाली जनाधार बनाएका संस्थापनइतर पक्षका नेता विनोद ढकालप्रति भने आली ‘सफ्ट’ सुनिए। उनले ढकाललाई नवौँ महाधिवेशनमा आफूलाई सहयोग गर्नेमध्येको प्रमुख पात्र रहेको बताएका थिए।

यस्तै अध्यक्ष ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अभागी भनेका छन्। थप अवसर पाउने बेलामा पोखरेलले धार बदलेको ओलीको भनाइ थियो।

छलफलमा सहभागी एक नेताका असार, ओलीले भनेका थिए, ‘उहाँले बाटो बिराएर हिँड्नुभयो। अभागीलाई खाने बेलामा रिस उठ्छ भनेको यही हो।’

पछिल्लो समय पोखरेल पूर्वराष्ट्रपति भण्डारीको कित्तामा उभिएकोप्रति ओली रुष्ट छन्। केही बैठकमा दुई नेताबीच भनाभनसमेत भइसकेको छ।

यस्तो छ काठमाडौं निरौलाले सार्वजनिक गरेका ४८ बुँदा

1. पार्टी दुइतिहाई मत आउने थियो बामदेवले पार्टी फुटाउनु भयो।२०५४

2. एकले अर्कालाइ निस्कासन गर्दै अगि बडियो र हालको पार्टी निर्माण भयो

3. हाल केहीले पूर्बराष्ट्रपतिको फोटो राखेर धन्दा गरिराछन्

4. च्यासल ले सदस्यता खायो भन्नुहुन्छ सदस्यता खाएको छैन। पार्टीमा निवेदन दिनुभको छैन। प्रकृया मिलेन।

5. बालुवाटार बोलाको आउनु भएन पार्टी कार्यालय भेटियो।

6. सदस्यता नवीकरण हुँदैन पार्टीले निर्णय गर्नु पर्छ।

7. राजनीतिमा आउनु हुन्न।

8. मलाइ सहयेाग गर्नु तपाइ चलाउन सक्नु हुन्न भन्नुभयो।

9. भ्रममा नरहन भने। अनुभव छैन भने।

10. चुनाव लड्ने त भन्नुभयो। यो पार्टीमा चुनाब लड्नु पर्दैन भने।

11. पूर्वराष्टपति भए व्यक्तिले अशोभनिय गतिविधि गर्नु भएन ।

12. पार्टी पक्षमा नहालेकाहरुलाई भेला गरेर हिड्नु भाकोछ।

13. चक्रपथमा मलाइ जथाभावी लेखाउने काम भयो।

14. फाउन्डेसन मैले खोलेको किनकि जन्म जयन्ती र स्मृति मनाउन नदिएकोले

15. राजमाता हुन भनि रहँदा मैले विद्यालाई अघि सारे

16. नेकपा एमालेमा आएर अध्यक्ष हुन सम्भव छैन

17. आ-आफ्नो योग्यताका कारण हामी यहाँ आइपुगेका छौं।

18. आन्देालनलाई पार्टीले आगाडि बडाको छ तर यो नदेख्ने। विरेाधीलाई सहयेाग गर्ने

19. सरकारले गरेको सकारात्मक कामको चर्चा किन नगरेको

20. अदालत मार्फत् बाधा हाल्ने केासिस गरिएको छ बाधा पन्छाएर अघि बढिन्छ ।

21. सेन्टिमेन्टमा गएर हुँदैन मदन भण्डारीका बिचार पवित्र हो घर हैन

22. जबज परिवारको सम्पति हैन

23. जबज फाउण्डेशनले बचाउने हैन

24. पार्टीमा समस्या ल्याउने हैन

25. ईश्वर पेाखरेलका पु्ग्नुहुन्छ बाटो बिराएर हिड्नु भएन

26. अभागीलाई खाने बेलामा रिस उठ्छ

27. विनेाद ढकालले ९ औँ महाधिवेशन मलाइ सहयेाग गर्ने प्रमुख पात्र हुन

28. विधान बारे कर्ण थापाले गलत कुरा गरे

29. पत्रकारले पार्टी सदस्यता दिने हैन

30. गणतन्त्र गौरवलाई विवादमा पर्ने काम भयो

31. विद्याजीलाई अध्यक्ष दिन सकिन्न चुनाव भयो भने हार्नुहुन्छ।

32. लालगेडी भएर पार्टी चल्दैन तेसैले बिद्याजीको सम्भावना छैन

33. मैले जति सम्मान अरुले गरेको छैन होला बिद्याजीलाई साथ दिँदा म अपमानित हुनु परेको छ

34. म एकोहोरो हो म भन्दा पनि मदन तर सहकार्यमा थियो

35. म सपनामा छु कि जस्तो लाग्छ

36. विद्या बाहेक कसैको दम छैन उहाँले छाडे सबै मिल्छ

37. विद्याजीको सम्मानका लागि उहाँलाई नउचालौँ

38. व्यक्ति ठूलो कुरा हैन आन्दोलन बचाउनु पर्छ

39. विद्या भण्डारी सम्पति हो

40. उहाँको लडाइ सदस्यताको हैन

41. प्रोटोकल हेरेर प्रतिष्ठा बनाउनु हुन्न

42. सोही विचार प्रस्तुत गर्छु फरक मत राखिरहनु पर्दैन त्यही पेस गर्छु। यो इतिहास हो। इतिहासको रुपमा आउँछ। यो नीतिको रुपमा आउँछ।

43. एकदिन दस्ताबेज प्रस्तुत एक दिन छलफल एक दिन समापन

44. विधान अधिवेशन एकताको अधिवेशन हुन्छ अन्यथा गरे महाधिवेशनमा हिसाब किताब गरिन्छ।

45. साथीहरूको आम चाहना र समयको माग र म स्तब्ध रहेको हुँदा कार्यकाल र ७० वर्ष आवश्यकता रहेन

46. रवि लामिछानेलाई मैले बनाएको

47. राजेन्द्र लिङदेनले अब झापामा जितेको हेरौं न हिजो पो हामीले सहयाेग गरेका थियौं

48. राष्ट्रियताको बारेमा हामी राजनीति गर्दैनौं    थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP