Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सुदूरपश्चिममा निजी क्षेत्रले लगानी गरेन : मुख्यमन्त्री शाह

 

काठमाडौँ : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा निजी क्षेत्रको लगानी हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरसंवादमा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनले निजी क्षेत्रको ठूलठूलो लगानी बाँकेसम्म मात्रै पुगेको बताए।

उनले लगानी सुदूरपश्चिमसम्म के कारणले पुग्न नसकेको हो ? भन्दै प्रश्न गरे। उनले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा भिन्नता देखिएको बताए।

शाहले भने, ‘लगानीका सन्दर्भमा दुईवटा कोणले हेर्नुपर्छ। एउटा कोण सरकारले व्यवस्थापन गर्‍यो‚ गरेन। यसमा हामी धेरै चुकेका छौँ। अर्को पाटो लगानी किन सुदूरपश्चिमसम्म पुग्न सक्दैन, त्यसको हामी खोजी गर्न चाहन्छौँ। अहिले निजी क्षेत्रको ठूलठूलो लगानी लुम्बिनी प्रदेशको बाँकेसम्म मात्रै पुगेको छ। त्योभन्दा पश्चिम सर्नै सकेको छैन।’

उनले निजी क्षेत्रलाई ढुक्क भएर सुदूरपश्चिममा लगानी गर्न आग्रह गरे। निजी क्षेत्रलाई जग्गा, सडक, विद्युत् लगायतका पूर्वाधार प्रदेश सरकारले उपलब्ध गराउने उनले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सरकारले मंसिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्न लागेको छ। सोही सम्मेलनको बारेमा प्रदेश सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँग अन्तरसंवाद गरेको हो।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP