Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

युवा संघ नेपाल : नवौँ राष्ट्रिय अधिवेशन तयारी बैठक

 

धनगढी : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले नवौँ राष्ट्रिय अधिवेशन तयारीसम्बन्धी बैठक सम्पन्न गरेको छ।

बुधबारको बैठकमा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज एवं पूर्वमन्त्री भानुभक्त जोशी प्रमुख अतिथि रहेका थिए। त्यस्तै, पार्टीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पूर्वमन्त्री लालबहादुर खड्का, युवा संघ नेपाल नवौँ राष्ट्रिय अधिवेशन आयोजक कमिटी सदस्य नरेश गिरीलगायत अतिथिहरूको उपस्थिति रहेको सदस्य देवेन्द्र शाहीले जानकारी दिए।

बैठकमा सुदूरपश्चिमका सबै जिल्लाबाट उपलब्ध सदस्यहरूको सहभागिता रहेको थियो। अर्को बैठकमा कमिटीलाई पूर्णता दिने निर्णय गरिएको छ। साथै, राष्ट्रियता र स्वाभिमानका लागि ‘जागर अभियान’ सञ्चालन गर्ने र यसको मिति तथा कार्यक्रमसम्बन्धी प्रस्ताव आगामी बैठकमा पेस गर्ने निर्णय भएको सदस्य राम विकले बताए।

बैठकमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको पुनः स्पष्ट गर्दै यसबारे अन्य राष्ट्रहरूले गर्ने कुनै पनि निर्णय वा सम्झौता खेदजनक रहेको र त्यसप्रति आपत्ति जनाउने निर्णयसमेत गरिएको सदस्य एम.डी. भट्टले जानकारी दिए।

बैठक कमिटीका संयोजक महेश राज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP