Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

महानगर प्रहरीको प्रशंसा गर्दै बालेनले भने : तपाईँहरूकाे काम सिनेमाकाे जस्तो

 

काठमाडाैं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताएका छन्। ३३औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

शाहले सानोमा आफूले हलिउड फिल्म हेर्दा खेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको बताए। फिल्ममा देखाइएको काम रियलमा हुनु खुशीको कुरा भएको उनले बताए। काठमाडौं महानगरबाट धेरै पालिकाहरूले काम गर्ने शैली सिक्न खोजेको पनि बताए। त्यसमा महानगर प्रहरीको ठूलो योगदान रहेको उनको भनाइ छ।

काठमाडौं महानगरपलिका भित्रका सार्वजानिक सम्पत्तिको संरक्षण गर्ने, अतिक्रमण हटाउने, महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा नगरप्रहरीको महत्वपूर्ण भुमिका रहेको उनले बताए।

मेयर शाहकाे भनाइ:–

धेरै पालिकाहरु छन्, धेरै ठाउँहरू छन् । काठमाडौं महानगरपालिकाबाट केही सिक्न चाहन्छन् । जुन ठाउँहरूले काठमाडौं महानगरपालिकाबाट केही सिक्न खोज्नुहुन्छ, त्यो सिकाइमा तपाईँहरूकाे ठूलो योगदान छ ।

सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण हटाउनेदेखि लिएर काठमाडाैं महानगरपालिकामा सुशासन, सुव्यवस्था, अनुगमन गर्ने कामहरूमा तपाईँहरूको उल्लेखनीय योगदान रहेको छ ।

सानोमा हुँदा रमाइलो याद आउँछ, हामी हलिउड फिल्महरू हेर्थ्यौँ, पुराना पुराना फिल्महरू हेर्दा खेरी त्यसमा न्युयोर्क सिटी पुलिसको काम कारबाही हेर्दा खेरी लाग्थ्यो काठमाडौं लगायत देशका विभिन्न पालिकाहरूमा सिटि पुलिस कस्तो हुनुपर्छ भन्ने कुराहरू सिनेमामा मात्रै हेर्न पाइन्थ्यो पहिला । र अचेल चाहिँ तपाईहरुको काम हेर्दा खेरी कहिलेकाही सिनेमा हेरेजस्तो पनि लाग्छ । त्यो चाहिँ खुशीको कुरा हो ।

काठमाडौं महानगरपालिकालाई जसरी एउटा राजधानीको रुपमा चिनिन्छ, महानगर प्रहरी बल पनि काठमाडौंको एउटा पर्यायवाची पहिचानको रुपमा स्थापित भएको छ । तपाईँहरूले देखाउनुभएको कर्मनिष्ठा, योगदानहरू अहिलेको बितेको ३ वर्षमा मात्रै नभएर आगामी दिनहरूमा पनि विभिन्न सिटि पुलिस तथा स्थानीय सरकारहरूलाई एउटा सिकाइको रुपमा रहनेछ ।

मेयर शाहले महानगर प्रहरी आगामी दिनमा पनि अन्य सिटी प्रहरी र स्थानीय तहका सरकारहरूको लागि सिकाइको रुपमा रहने विश्वास व्यक्त गरे।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP