Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

एमालेकी सांसद सुब्बाको व्यङ्ग्य ‘ऊर्जा र वन मन्त्रालयको भेट कहिल्यै हुँदैन’

 

 

काठमाडौँ : नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जलविद्युत् परियोजना निर्माणका सन्दर्भमा ऊर्जा, जलस्रोल तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको बीचमा समन्वय नहुने गरेकोमा प्रश्न उठाएकी छन्।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतवार बसेको बैठकमा भएको हाइड्रोपावरको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या सम्बन्धी छलफलमा उनले प्रश्न उठाएकी हुन्।

उनले व्यङ्ग्य गर्दै ऊर्जा र वन मन्त्रालयको भेट हुँदैन कि जस्तो लाग्न थालेको बताइन्। ‘सिंहदरबार भित्रै छ, भेटघाट चाहिँ किन नभएको होला ?’ भन्ने उनको प्रश्न थियो। उनले मन्त्रालयले आयोजना बनाउन दिएपछि अड्काउन नहुनेमा जोड दिइन्।

दुईवटा मन्त्रालयको समन्वयमा कहाँ रूख काट्न मिल्छ, कहाँ मिल्दैन, कहाँ सुरुङ खन्न मिल्ने हो भन्ने संयुक्त अनुगमन गरेर परियोजना निर्माण गर्न दिन उनले आग्रह गरिन्।

सुब्बाले भनिन्‚ ‘ऊर्जा मन्त्रालय र वन मन्त्रालयको भेट हुँदैन कि जस्तो लाग्न थाल्यो। सिंहदरबार भित्रै छ, भेटघाट चाहिँ किन नभएको होला ? योजना बनाउन दिने हो भने दुईवटा मन्त्रालय बीचको समन्वयमा कहाँ रूख काट्न मिल्छ, कहाँ मिल्दैन। कहाँ सुरुङ खन्न डाँडो पर्छ, पर्दैन भन्ने कुरा अनुगमन पनि यो मन्त्रालयले संयुक्त गर्नुपर्‍यो।’

बाधा अड्चन हालेर परियोजना निर्माण रोकेर लक्ष्य हासिल गर्न नसकिने उनको भनाइ छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP