कञ्चनपुर : यहाँस्थित जिल्ला कारागारबाट भागेका पाँच कैदी–बन्दीलाई शुक्लाफाँटा नगरपालिका क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार आत्महत्या दुरुत्साहनका दुई, लागूऔषधका एक, जबर्जस्तीकरणीका एक र चोरी मुद्दाका एक जनालाई नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएका कैदीबन्दीलाई कारागारमा बुझाउने तयारी भइरहेको उनले बताए। कारागारबाट भागेका अरू कैदी–बन्दीको खोजतलासको कार्य भइरहेको उनको भनाइ रहेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया