काठमाडौं : यस वर्षको दशैँ आउन अब एक हप्ता मात्रै बाँकी छ। यही असोज ६ गते घटस्थापना परेको छ। तर,हालसम्म पनि दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छैन।
नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको छ। ‘जेनजी’आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनदेखि लगाइएको कर्फ्यु र निषेधाज्ञा हटेको छ। सबै जनता आफ्नो पेशा व्यवसायमा संलग्न हुन थालेका छन्।
लामो र छोटो दूरीका सार्वजनिक यातायात गत शुक्रबार देखि चल्न थालेका छन्। तर,अग्रिम टिकट भने खुलाइएको छैन। जेनजी आन्दोलनले गर्दा पनि यसमा असर पुगेको छ। यसअघि यातायात व्यवसायी र सरकारबीच भदौको २९ गतेबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरी करिब करिब सहमति भएको थियो।
तर,जेनजी आन्दोलनका कारण रोकियो। आन्दोलन रोकिएपछि हिजो(शनिबार) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवसायीहरूबीच छलफल भएको थियो। उक्त बैठकले उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरेको छ।
तर,छलफलपछि अग्रिम टिकटबारे निर्णय हुन सकेन। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उक्त बैठकले एक सातादेखि काठमाडौंमा रोकिएका यात्रुहरूलाई सुरक्षित ढंगले गन्तव्यमा पुर्याउने निर्णय गरेको जानकारी दिए।
उनले भने,‘उक्त छलफलमा पहिलो प्राथमिकतामा काठमाडौं उपत्यकामा रोकिएको यात्रुहरूलाई उनीहरुको गन्तव्यमा पुर्याउने कुरा भयो,अग्रिम टिकटबारे भने निर्णय हुन सकेन।’
उनका अनुसार पुनः यातायात व्यवस्था विभागसहितका सरोकारवालासँग छलफल हुने र त्यसपछि टिकटबारे निर्णय लिइने छ। हरेक वर्ष दशैँ मनाउन काठमाडौं उपत्यकाबाट करिब २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया