काठमाडौँ : जेन जी आन्दोलनमा ज्यान गुमाएकामध्ये १० जनाको अन्त्येष्टि मंगलबार गरिँदैछ।
त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका एक जनागरी १० मृतकको अन्त्येष्टि गरिनेछ।नगरपरिक्रमासहित अन्त्येष्टि गर्ने तयारी भएको छ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको अन्त्येष्टि भइसकेको छ। १० जनाको चाहिँ मंगलबार हुन लागेको हो।
सरकारले मृतकहरूको अन्त्येष्टि राष्ट्रिय सम्मान दिएर गर्ने निर्णय गरिसकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पनि मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने पनि निर्णय गरेको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया