काठमाडौं : जेनजी आन्दोलनमा क्षतिग्रस्त कीर्तिपुर प्रहरी वृत्तमा युवाहरूले रंगरोगन सुरू गरेका छन्। गत भदौ २४ गते युवाहरूले उक्त प्रहरी वृत्तमा तोडफोड र आगजनी गरेका थिए।
मंगलबार राजनीतिशास्त्र केन्द्रीय विभाग विद्यार्थी उज्वल खड्काको समूहले प्रहरीलाई रङ्गरोगन र सरसफाइका लागि ८० लिटर प्राइमर प्रहरीलाई हस्तान्तरण गरेका थिए।
‘प्रहरी हाम्रो साथी, प्रहरी हाम्रा लागि, हामी प्रहरीका लागि’, भन्दै युवाहरू कार्यालय सरसफाइ र रंगरोगनमा सरिक भएको खड्काले जानकारी दिए।
युवाहरू स्वःस्फूर्त रूपमा उक्त सहयोगी कर्ममा जोडिएका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया