Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मोबाइल सेवामा सहुलियत दरका डाटा र भ्वाइस प्याकेजहरु उपलब्ध हुने

 

काठमाडौं : नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरुका लागि विभिन्न आकर्षक अफरहरु ल्याएको छ।

यस वर्षको ‘दसैँ-तिहार-छठ अफर २०८२’ अन्तर्गत मोबाइल सेवामा सहुलियत दरका डाटा र भ्वाइस प्याकेजहरु उपलब्ध हुनेछन्।

FTTH प्याकेजमा छुट

असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ FTTH प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शुल्क (रु. ५००) मिनाहा गरिएको छ।

मोबाइल डाटा प्याकेज

यस अफर अन्तर्गत जीएसएम ग्राहकहरुका लागि विशेष डाटा प्याकेजहरु उपलब्ध छन्:

रु. ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड डाटा प्याकेज: यो प्याकेजमा तपाईंले दैनिक ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ। ५ जीबी डाटा सकिएपछि २ Mbps को गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ।

रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज: यो प्याकेजमा दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ। १० जीबी डाटा सकिएपछि ३ Mbps को गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

भ्वाइस र एसएमएस प्याकेज

डाटा प्याकेजका अतिरिक्त भ्वाइस र एसएमएस प्याकेज पनि उपलब्ध छन्:

रु. २५० मा १००० मिनेट अल-नेट भ्वाइस सुविधा: यसमा तपाईंले जुनसुकै नेटवर्कमा कल गर्न १००० मिनेट पाउनेछन्।

रु . ९९ मा १००० अन-नेट एसएमएस सुविधा: यो प्याकेजमा नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरहरुमा १००० एसएमएस पठाउन सकिनेछ।

यी सबै प्याकेजहरुको समयावधि प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन रहेको छ।

यी अफरहरु असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ। प्याकेज खरिद गर्न तपाईंले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सकिनेछ।

नेपाल टेलिकमले चाडपर्वको समयमा आफ्ना ग्राहकहरुलाई थप सम्पर्कमा रहन र खुशी बाँड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP