Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

घटस्थापनाको कलश यात्रामा बागमती नदी पुगेका रौशनको डुबेर मृत्यु

 

रौतहट : घटस्थापनाको अवसरमा कलश यात्रामा सहभागी हुन बागमती खोलामा गएका एक किशोरको डुबेर मृत्यु भएको छ।

वृन्दावन नगरपालिका–३ विश्रामपुरका गजेन्द्र राय यादवका १३ वर्षीय छोरा रौशन यादव सोमबार बिहान हनुमान चौकस्थित दुर्गा पूजाका लागि गरिएको कलश शोभा यात्रामा सहभागी हुन बागमती खोलामा पुगेका थिए। नुहाउने क्रममा उनी खोलाको गहिरो खाडलमा परेपछि बेपत्ता भएका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय समनपुर, प्रहरी चौकी विश्रामपुर, प्रहरी चौकी धरमपुर र सशस्त्र प्रहरी बल समनपुर क्याम्पबाट खटिएका टोली तथा स्थानीयवासीले व्यापक खोजी गरेका थिए। तर सोमबार बेलुकीसम्म यादवको अत्तोपत्तो लागेको थिएन।

मंगलबार दिउँसो भने उनको शव गढीमाई नगरपालिका स्थित समनपुर पुलभन्दा करिब एक किलोमिटर दक्षिणतर्फ फेला परेको प्रहरीले जनाएको छ। सोमबार वृन्दावन नगरपालिका वडा नं-१ रमौली घाटबाट हराएका यादवलाई धरमपुर घाटसम्म समेत खोज्दा पत्ता लाग्न सकेको थिएन।

अचानक घटेको दुर्घटनाले विश्रामपुर गाउँ शोकमा डुबेको छ। वृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख रामसेही यादवले दुर्गा पूजाको अवसरमा परेको यो दुःखद घटनाले समुदायलाई स्तब्ध बनाएको बताएका छन्।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP