Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

वासुदेव त्रिपाठी र राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरेले संयुक्त रूपमा कवि कँडेललाई पुरस्कार प्रदान

 

काठमाडौँ : राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार २०८२ बाट कवि प्रा. घनश्याम कँडेललाई सम्मान गरिएको छ।​

मर्स्याङदी वाङमय प्रतिष्ठानले मंगलवार राष्ट्रकवि स्व.घिमिरेको घरमा आयोजित पुरस्कार समर्पण समारोहमा कँडेललाई सम्मान गरेको हो। समारोहका प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठी र राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरेले संयुक्त रूपमा कवि कँडेललाई पुरस्कार प्रदान गरेका थिए।

उक्त पुरस्कार नगद एक लाख रुपैयाँ राशिको रहेको छ। धादिङको रिचोकटार जन्मिएका कवि कँडेलले छन्दोबद्ध कविता, काव्य तथा महाकाव्यका माध्यमबाट नेपाली साहित्यमा योगदान पुर्‍याएका छन्। उनका कविता, काव्यमा प्रकृति, संस्कृति, प्रगति, राष्ट्रियता, मानवता, प्रेम र करुणभाव प्रवाहित भएको पाइन्छ।

प्रतिष्ठानले कवि कँडेलको नेपाली छन्द कविता साधनाको सम्मान गर्दै यो वर्षको राष्ट्रकवि घिमिरे पुरस्कारले सम्मान गरेको जनाएको छ।

राष्ट्रकवि घिमिरेका परिवारका सदस्य राजीव घिमिरेले पुरस्कार विगतमा राष्ट्रपति भवन शीतलनिवासमा वितरण गर्ने गरिएको स्मरण गर्दै यो वर्ष विशेष परिस्थितिका कारण घरमै गरिएको जानकारी दिए। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP