Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौँ फर्किने गरी बस सेवा

 

काठमाडौँ : बडादशैँलाई लक्ष्य गरी साझा यातायातले काठमाडौँ-नारायणगढ-काठमाडौँ बस सेवा शुरु गरेको छ।

असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौँ फर्किने गरी बस सेवा शुरु गरेको हो।

काठमाडौं-नारायणगढसम्मको एकतर्फी भाडा ३०० रुपैयाँ तोकिएको साझा यातायातले जनाएको छ।

साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसनारायणगढ प्रस्थान गर्ने छन् ।

कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढतर्फ लाग्नेछ। त्यसपछि ८, ९, १०, ११ र १२ बजे बस नारायणगढ प्रस्थान गर्नेछ। नारायणगढ पुगेपछि ती बस यात्रु लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौँ फर्किनेछन्।

बसमा टिकट अनिवार्य गरिएको छ। यात्रुलाई सिटमा बाहेक उभिएर वा मुढामा राखेर यात्रा नगराउने साझा यातायात सहकारी संस्थाले जनाएको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP