Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

दशैँतिहार मनाउन माइतीघर पुर्‍याउने तथा माइतीघरबाट पुनः फर्काउने उद्देश्यले युवा समूहले निःशुल्क यातायात सेवा

 

खोटाङ : जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दशैँतिहार, चेलीलाई उपहार अभियान-२०८२’ सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था भएका, यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दशैँतिहार मनाउन माइतीघर पुर्‍याउने तथा माइतीघरबाट पुनः फर्काउने उद्देश्यले युवा समूहले निःशुल्क यातायात सेवा उपलब्ध गराउन लागेको हो ।

यही असोज १६ गतेदेखि १९ गतेसम्म र तिहारको अवसरमा आगामी कात्तिक ५ गतेदेखि ७ गते अभियान सञ्चालन गरिने संयोजक सञ्जयकुमार राईले जानकारी दिए। “यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पुर्‍याउने योजनासहित गत वर्ष दुई चरणमा अभियान सञ्चालन गरेका थियौँ । तत्कालीन समयमा ४१५ जना चेलीले निःशुल्क सेवा लिएका थिए”, उनले भने।

निःशुल्क यातायात सेवा उपलब्ध गराउन सञ्चालन गरिएको अभियानको दोस्रो संस्करणलाई यस वर्ष पनि निरन्तरता दिइने राईले बताए । “स्वार्थबिना मानवीय सेवाभावले अभियान सञ्चालन गरेका हौँ । माइतीघर पुर्‍याउन तथा माइतीघरबाट कर्मघर फर्काउन निःशुल्क यातायात सेवा उपलब्ध गराउँछौँ”, उनले भने, “यस वर्षको अभियानका लागि अहिलेसम्म विभिन्न क्षेत्रमा कार्यरत २५ जना युवाले स्वःस्फूर्त सहभागी हुने गरी नाम दर्ता गराइसक्नुभएको छ । स्वयम्सेवा गर्न इच्छुक युवा थपिने क्रम जारी छ । चार पाङ्ग्रे एउटा गाडीसमेत व्यवस्था गरिएको छ ।”

मध्यपहाडी लोकमार्ग, सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराइने युवा समूहले दिक्तेलस्थित रुपाकोट होटलमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । सरकारी सेवासुविधा लिइरहेकालाई भने आफूहरूले सञ्चालन गरेको अभियानअन्तर्गतका कुनै पनि सेवा उपलब्ध नहुने पत्रकार सम्मेलनमा जनाइएको छ ।

चेलीका लागि भनेर सञ्चालन गरिने अभियानमा पुरुषलाई पनि आवश्यकता र सहमतिका आधारमा सेवा उपलब्ध गराउने तयारी गरिएको युवा समूहले जनाएको छ । अभियानका क्रममा महिला, बालबालिका, वृद्धावस्था, अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने संयोजक राईले जानकारी दिए।

अभियानअन्तर्गतका सेवा लिन चाहने यात्रुले बढीमा पाँच किलो तौलसम्मका मात्रै झोला तथा कोसेली बोक्न पाउने सर्तसमेत राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ । जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाको जोखिमलाई मध्यनजर गरेर तौल निर्धारण गरिएको संयोजक राईले बताए।

दशैँ र तिहार गरी दुई चरणमा सञ्चालन गरिने अभियानमा स्वःस्फूर्त स्वम्सेवकको भूमिका निर्वाह गर्न चाहने जो कोहीले सहयोग गर्न सक्ने जनाइएको छ । स्वयंसेवक बन्न चाहने युवाको अनिवार्य सवारी बिलबुक र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हुनुपर्ने पत्रकार सम्मेलनमा संयोजक राईले जानकारी दिए।

​उनका अनुसार अभियानका लागि जिल्लास्थित दशवटै स्थानीय तहमा संयोजक तोकिएको छ । अभियानको सहसंयोजकमा मौषम कार्की, आर्थिक व्यवस्थापन समितिको संयोजकमा महिला उद्यमी बिमला राई, सचिवालय व्यवस्थापकमा अनिशा रम्तेल, अञ्जना आचार्य, रस्मिता आचार्य र खियामा राई रहेका छन्।

अभियानका लागि होण्डा मोटरसाइकलको दिक्तेलस्थित आधिकारिक बिक्रेता इकिमा सर्भिस सेन्टर तथा साया मोटरसाइकल वर्कशपले मोटरसाइकल मर्मतमा सहयोग गर्ने भएको छ । गत वर्षको अभियानमा जोडिएर सेवा दिने मोटरसाइकल चालकलाई शुभम् फाउण्डेसनले निःशुल्क खाना तथा खाजाको व्यवस्था गराएको थियो ।

महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष बिमला राई, युवा व्यवसायी तथा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङका अध्यक्ष आशिष थापालगायतका व्यक्ति तथा संस्थाले अभियानका लागि आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP