Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

विपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–६ भालुखोलामा बालेरो जिप दुर्घटना

 

सिन्धुली : जिल्लाको दुई स्थानमा आज भएका सवारी दुर्घटनामा परी १६ जना घाइते भएका छन्। त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ।​ विपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–६ भालुखोलामा बालेरो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

गोलञ्जोर गाउँपालिका–४ का २६ वर्षीय ओमबहादुर रानामगरले चलाएको बा २० च ९३१ नम्बरको बोलेरो जिप काठमाडौँबाट धापचौकीतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट ५० मिटर तल सुनकोसी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार गाडी चालकसहित १३ जना घाइते भएका छन्।

घाइते हुनेहरूमध्ये गोलञ्जोर गाउँपालिका–४ का २३ वर्षीय प्रेम मगर गम्भीर घाइते भएका छन्। गोलञ्जोरकै २० बर्षीया मालती खुलाल, १७ वर्षीय भोजबहादुर थापा, २२ वर्षीया जम्पा खुलाल, ११ वर्षीय सुशन मगर, केदार थापामगर, २० वर्षीया रोजिना थापामगर, २२ वर्षीय ज्ञानेन्द्र मगर, ३५ वर्षीय ताराबहादुर खुलाल, आठ बर्षीय नितेश मगर, २२ वर्षीया रोश्मी मगर, २५ वर्षीय ओम आलेमगर र २६ वर्षीय ओमबहादर रानामगर घाइते भएका छन्।

घाइतेलाई खुर्कोटस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी विपद् बेस क्याम्पको संयुक्त टोलीले उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल पु-याएको छ।

त्यसैगरी दुधौली नगरपालिका–५ ठाकुर खोला पुलस्थित मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेहरूको नाम थर नखुलेको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक सुवेदीकाअनुसार दुधौलीको सिर्थौलीबाट डकाहातर्फ आउँदै गरेको ग ८ प २७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको फलामको रेलिङमा ठोक्किएको थियो।

घाइतेको उद्धार गरी उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली पठाइएको छ। घाइते तीनै जनाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP