Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मिल स्थापना भएपछि गाउँबस्तीमा परम्परागत ओखल लोप

 

जुम्ला : जुम्लामा धान कुट्ने ओखल हराउन थालेको छ। अहिले अधिकांश क्षेत्रमा मिल स्थापना भएपछि जिल्लाका प्रायः गाउँबस्तीमा परम्परागत ओखल लोप भएका हुन्।

ओखल, ढिकीमात्र हैन जाँतो पनि गाउँघरमा विरलै रूपमा पाइने गरेको तिला गाउँपालिका- ४ का स्थानीय राजकन्या सार्कीले बताइन्। ‘पहिला नौ गाउँका स्थानीयका लागि नौ वटा धान कुट्ने ओखल नुवाकोटमा थियो। अहिले गाउँका स्थानीयले मात्र ओखलमा धान कुट्ने गर्छन्। अरु गाउँका कोही पनि आउँदैन’, उनले भनिन्।

सार्कीले आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै गाउँमा ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको बताइन्। ‘पहिला ओखलमा कुट्ने गरिन्थ्यो, अहिले मिलमा लैजान्छौँ। समयको पनि बचत हुने भएकाले मिलमा धान कुट्नेको सङ्ख्या बढेको छ’, उनले बताइन्।

हाल कुटानी-पिसानीका ठाउँठाउँमा मिल सञ्चालनमा आएसँगै ओखल देख्नै मुस्किल हुन थालेको छ। ओखलमा धान कुट्दा श्रम गर्नुपर्ने बढी लाग्नुका साथै समय र खर्च पनि बढी लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तिला–४ का वडाध्यक्ष भद्रवीर सार्कीले बताए।

कुनै समय जिल्लामा धान कुट्न प्रयोग गरिँदै आइएको टिक्के ओखल हराउँदै गएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएपछि यहाँका ग्रामीण गाउँबस्तीमा ओखल हराउँदै गएको यहाँका स्थानीयवासी बताउँछन्।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP