Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सफल कृषक देउपुरका ‘मौरी बाजे’ र ‘मौरी’को आत्मीयता

 

पर्वत : जिल्लाको मोदी गाउँपालिका–१ देउपुरका ७३ वर्षीय टीकाराम जैसी गाउँमा गाउँमा मात्रै होइन जिल्लामा नै ‘मौरी बाजे’ भनेर चिनिन्छन्। उनको जीवनको सबैभन्दा रमाइलो पक्ष भनेको मौरीसँगको सम्बन्ध हुनुले नै उनको पहिचान ‘मौरी बाजे’ मा बदलियो।

दुई दशकभन्दा अगाडिबाट सुरु गरेको मौरी पालन अहिले उनको पहिचान बनेको छ। त्यसैले त उनी अहिले मौरीको भाषा पनि बुझ्ने भइसकेका छन्। ‘मौरीले दुःख पायो भने रुन्छ, रुनका पनि दुई थरी हुन्छन्। एक हान्ने र अर्को गुहार माग्ने।’ उनको बोलीमा मौरी पालनको अनुभव, गहिराइ र मौरीप्रतिको प्रेम स्पष्ट देखिन्छ।

वि.सं. २०५७ सालतिर उनले पहिलो पटक मौरी पालन सुरु गरे। सुरुमा पाँच÷छ लाख रुपैयाँको लगानी थियो। जसले उनलाई नयाँ बाटो खोल्यो। उत्साहका साथ मौरी पालन सुरु गरे पनि उनको जीवन भने सजिलो बनेन। सुन्तला खेती र भैँसी पालनमा लगानी गर्दा ऋणमा डुबेका टीकारामलाई मौरीले नै बाँच्ने आधार भने मौरीले नै दिएको छ। उनी सम्झिन्छन्, ‘त्यो बेला करिब ४० लाख ऋण लागेको थियो। ब्याजको स्याज हुँदै ऋणमा गाडिएको थिएँ। तर मौरीकै कमाइले सबै ऋण तिरेँ, पाँच सन्तान हुर्काएँ, चार जनाको बिहे दान गरेँ र यो घर पनि मौरीकै कमाइबाट बनाएँ।’

जीवनमा कहिल्यै हार नमान्ने उनका पाइलाहरू मौरी जस्तै मेहनती छन्। सुरुमा थोरै घार राखेर सुरु गरेका उनले केही वर्षमै एक सय ५० वटा घार एकै पटक व्यवस्थापन गर्न थाले। उनका मौरीका घारहरू दाङ, प्युठान, कास्की, बागलुङ, म्याग्दी र मुस्ताङसम्म बिक्री हुन थाले। एफ.एम. रेडियो, पत्रपत्रिका र लघु उद्यम कार्यक्रममार्फत उनको कामको चर्चा फैलियो। कृषि ज्ञान केन्द्र पर्वतका तत्कालीन प्रमुख वासुदेव रेग्मीले पनि उनको मेहनत र सीपलाई प्रदेश र बाहिर पनि चिनाइदिए। रेग्मी जहाँ पुग्थे, त्यहाँ टीकारामको मौरी पालनको कथा सुनाइन्थ्यो। त्यसैले देउपुरका मौरी बाजे गाउँमा मात्रै होइन, जिल्ला बाहिर पनि चिनिने नाम बन्यो, व्यापारका लागि प्रचारको माध्यम बन्यो।

मौरीसँगको उनको सम्बन्ध उत्पादन र आम्दानीको मात्रै नभएर आत्मिक पनि छ। त्यसैले त दुःखमा परेको मौरीले गुनासो लिएर उनीसम्म आइपुग्छन्। ‘मौरी रिसायो भने चिलिहाल्छ, तर भुनभुन गर्दै वरिपरि घुम्यो भने उसले गुहार मागेको हो भन्ने जान्नुपर्छ’, जैसीले भने, ‘त्यसपछि म दुई–तीन दिनसम्म त्यसको घार खोज्छु, समस्या पत्ता लगाउँछु र समाधान गर्छु। मौरीको आवाजमा पनि भावना हुन्छ, म त्यो बुझ्न सक्छु।’

मौरीसँगको आत्मीयताले उनी घारबाहिर पुगेर लामो समय बिताउन नसक्ने भएका छन्। भन्छन्, ‘मौरीको भुनभुनमा बसेको बानीले होला, घर बाहिर गएँ भने पनि असजिलो लाग्छ। मौरी नभए जीवन सुनसान लाग्छ।’ मौरीसँगको यही प्रेमले नै उनलाई ७३ वर्षको उमेरमा पनि बारीका कान्लामा राखिएका मौरीका घारसम्म तानेको छ। आफ्नै पाइला चाल्न सहारा चाहिने बेला हुन लागेका उनी मौरीलाई हर सम्भव सहारा दिने प्रयास गरिरहेका छन्।

 

अहिले उनी वृद्ध भइसकेका छन्, हातखुट्टा पहिले जस्तो फुर्तिला छैनन्। तर पनि बगैँचामा अहिले ३५ वटा घारको स्याहार उनले गरेका छन्। घारको सङ्ख्या धेरै भएको भए पनि गत बर्खामा घरको आँगनसम्मै आएको केरुङ्गाको विशाल पहिरोले केही घारहरू बगायो। केही अरिङ्गाल र चराले नष्ट गरे। गत वर्ष मात्रै ६० मध्ये ४० घार अरिङ्गालले खाइदिएको जैसीले सम्झिए।

तर अझै पनि उनी मौरीसँगै रमाउँछन्। अहिलेको अवस्थामा वर्षमा दुई सय किलो जति मह उत्पादन हुन्छ। मह प्रतिकिलोको १५ सय रुपैयाँमा बिक्री हुन्छ। गाउँले सहित पालिका र जिल्लाका विभिन्न कार्यालयका कर्मचारीहरू उनले काढेको महका ग्राहक हुन्। केही वर्ष अगाडि मौरी पालनबाटै वार्षिक १५ लाख रुपैयाँसम्म कमाएका उनको आम्दानीको दर भने पहिलेको जस्तो छैन। जलवायु परिवर्तन, शत्रु जीव र किराको आक्रमण, जग्गा बाँझो रहनु लगायतका कारण मौरी पालनमा कठिनाइ बढ्दै गएको टीकारामको अनुभव छ।

जीवनको सबैभन्दा ठुलो उपलब्धि उनी मौरीबाटै पाएकोले जुनसुकै अवस्थामा पनि मौरी पालन भने गर्नेमा उनी प्रतिबद्ध छन्। उनले भने, ‘मौरीले मलाई ऋणमुक्त गरायो, सन्तान हुर्कायो र सफल कृषकको इज्जत दिलायो। बुढेसकालमा पनि म यही मौरीकै भुनभुनमा रमाइरहेको छु।’ थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP