Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

जीर्ण अवस्थामा रहेको बन्दीगृहलाई नयाँ निर्माण गर्नका लागि कैदीबन्दीलाई स्थानान्तरण

 

बैतडी : जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ। जीर्ण अवस्थामा रहेको बन्दीगृहलाई नयाँ निर्माण गर्नका लागि कैदीबन्दीलाई स्थानान्तरणको तयारी भएको कारागार कार्यालय प्रमुख धारा भण्डारीले बताए।

पच्चीस जना क्षमता रहेको यहाँको कारागारमा हाल ५२ कैदी र आठ थुनुवा गरेर ६० कैदीबन्दी रहेका छन्। उनले भने, “जीर्ण अवस्थामा रहेको बन्दीगृहको नयाँ भवन निर्माण गरिने भएको छ, त्यसका लागि यहाँ रहेका ६० कैदीबन्दीलाई स्थानान्तरण गर्न लागेका हौँ, यही हप्ताभित्रै स्थानान्तरण गरिसक्ने योजना छ।”

यहाँ रहेका कैदीबन्दीलाई दार्चुला, डडेल्धुरा, बझाङ, कञ्चनपुर र बाँके स्थानान्तरण गरिनेछ। नयाँ बन्दीगृह निर्माणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रमुख भण्डारीले बताए।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले निर्माण कम्पनीसँग सम्झौता गरिसकेकाले कैदीबन्दी तथा थुनुवाहरूको स्थानान्तरणको तयारी भएको हो। स्थानान्तरणपश्चात् निर्माणको काम हुने जनाएको छ।

नयाँ बन्दीगृह निर्माणका लागि रु १० करोड बजेट विनियोजन गरिएको र निर्माणका लागि केकेजे कालिका एसबी जेभी सुकेधारासँग सम्झौता भएर कार्यादेश आइसकेको प्रमुख भण्डारीले बताए।

पचासी जना क्षमताको नयाँ बन्ने बन्दीगृह विसं २०८४ असार १५ सम्म निर्माणसम्पन्न गरिसक्ने लक्ष्य रहेको छ। विसं २०४० मा निर्माण भएको हालको बन्दीगृह जीर्ण अवस्थामा रहेको र त्यसमा पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा सुरक्षा चुनौती र व्यवस्थापनमा समस्या हुँदै आएको थियो। नयाँ बन्दीगृह बनेपछि व्यवस्थापनमा सहजता आउने प्रमुख भण्डारीको विश्वास रहेको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP