Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

धानमा घुन र पुत्ला लाग्न नदिन भित्र्याउने बेलामा यी वनस्पति प्रयोग गरौँ

 

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक रामकृष्ण लामिछानेले हरेक वर्ष धान भित्र्याउने बेलामा निम, बोझो, तीतेपाती, असुरो, टिमुर, बकाइनो लगायतका वनस्पतिहरू प्रयोग गर्छन्। आफू सानो उमेरको हुँदा आफ्ना बुबाहरूले गरेको यो विधिलाई उनले पनि लागू गरिरहेका छन्।

यति बेला धेरै कृषकहरू धान भित्र्याउन व्यस्त छन्। असारमा माना रोपेर कात्तिक÷मङ्सिरमा मुरी उब्जाएपछि त्यसैले वर्षभरि खान पुग्छ। कृषकहरू आफूले मात्रै होइन पुग्यो भने अरूलाई पनि धान चामल बिक्री गरेर पेट भरिदिन्छन्। तर भित्र्याएर भकारी वा अन्य तरिकाले भण्डारण गरिएको धानमा घुन, पुत्ला लगायतका शत्रु किरा लागे पनि धेरै क्षति पनि बेहोर्नुपर्छ। भण्डारण गरिएको धानमा घुन पुत्ला नलागुन् भनेर धेरै कृषकहरूले रासायनिक औषधिहरूको प्रयोग गर्ने गरेको पाइन्छ। जसले सुस्त सुस्त गतिमा दीर्घकालसम्ममा स्वास्थ्यमा गम्भीर असर पार्छ।

तर कटुवाचौपारीका कृषक लामिछानेले गर्दै आएको विधिमा भने रासायनिक पदार्थहरूको प्रयोग नै नगरी धानलाई घुन र पुत्लाबाट जोगाउन सकिन्छ। शत्रु किराको आक्रमणबाट बचाउने गुण बोकेका वनस्पतिहरू गाउँ घरमा प्रशस्तै पाउन सकिन्छ। जसको प्रयोग गर्दा किसानले आर्थिक भार खेप्नु नपर्ने, स्वास्थ्यमा असर नपर्ने र अन्नमा पनि क्षति नहुने भएकोले लामिछानेले बुबाको पालादेखि भइरहेको अभ्यासलाई अहिले पनि निरन्तरता दिइरहेका छन्।

धान भित्राउनको लागि भकारीको तयारी गरिसकेपछि उनले भकारीको पिँधमा एक तहमा निम, बोझो, तीतेपाती, असुरो, टिमुर, बकाइनोका पातहरू राख्छन्। त्यसपछि धान राखेर पुनः मध्य भागमा एक तह तिनै वनस्पतिहरू राख्छन्। भकारी भरिएपछि फेरि एक तह वनस्पति राखेर भकारीको मुख पराल, गोबर र माटोको मिश्रणले टाल्छन्। यसो गर्दा आफूले अहिलेसम्म भकारीको धानमा किरा लाग्यो भन्ने दिन नभोगेको उनले सुनाए।

‘मैले कतिपय कुराहरू त युटुवमा हेरेर पनि सिक्ने गरेको छु। मौरी पालनदेखि गाई भैँसी पाल्दा के के कुरामा ध्यान दिने भनेर सिक्ने गरेको छु। धानमा घुन र पुत्ला लाग्न नदिन यी वनस्पतिहरू उपयोगी छन् भन्ने कुरा बुबाबाट सिकेर अहिलेसम्म पनि प्रयोग गरिरहेको छु’, उनले भने, ‘यसरी राख्दा हाम्रो स्वास्थ्यमा कुनै असर पर्दैन। कृषकले पैसा खर्च गरेर विषादी ल्याएर भकारीमा राख्न पनि परेन। हाम्रा घर छेउमा बाँझा भएका खेत बारीका पाटामा यी वनस्पतिहरू सजिलै पाइन्छ पनि।’
लामिछानेले गर्दै आएको अभ्यास कृषकहरूका लागि निकै उपयोगी हुने कृषि ज्ञान केन्द्र पर्वतकी बाली संरक्षण अधिकृत सोविता सुवेदी बताउँछिन्। रासायनिक विधि भन्दा जैविक विधि नै उत्तम हुने सुझाउँदै उनले मानिस र पशुपक्षीको स्वास्थ्यका लागि तथा कृषकका शत्रु किराको व्यवस्थापनको लागि अरू कृषकले पनि यस्तै विधि अपनाउन उनले सुझाइन्।

यिनीहरूको प्रयोग गरेर धानको भण्डारण गर्दा लामो समयसम्म पनि शत्रु जीव नलाग्ने तथा जाडो वा गर्मी जुन मौसम भए पनि यी वनस्पतिहरूले घुन पुत्ला लाग्न नदिने भएकोले कृषकहरूले धान भित्र्याउने बेलामा यो विधिको सम्झिनुपर्ने उनको भनाई छ। ‘धानमा घुन पुत्ला लाग्न नदिन विशेषतः चार वटा विधिहरू छन्। जसमध्ये पहिलोमा आधा माना बोझो, एक माना टिमुर र एक माना निम। यसको पात र गानालाई सुकाएर धुलो बनाएर, धानमा मिसाएर भकारीमा राख्दा करिब छ महिनासम्म घुन पुत्ला लाग्दैन’, अधिकृत सुवेदी भन्छिन्, ‘तिते पाती मात्रै प्रयोग गर्न सकिन्छ। यसलाई पनि सुकाएर धुलो बनाएर सेतो कपडामा पोको पारेर धानको बीचमा राख्न सकिन्छ। यस्तै असुरोको पातलाई सुकाएर टुक्रा पारेर राख्न सकिन्छ।’

धान भण्डारण गर्ने भाँडा जस्ताबाट बनेको हो भने भित्रबाट रङ पोतेर राख्दा धानमा न्यानोपन आउँदा पनि किरा तथा ढुसीको प्रकोप कम हुने उनको भनाइ छ। ‘सुपर ग्रिन ब्याग’को प्रयोगबाट पनि धानलाई लामो समयसम्म भण्डारण गरेर राख्न सकिने सुवेदीको सुझाव छ। यसले हावा र पानी अर्थात् चिसोपनलाई भित्रबाहिर गर्न नदिने तथा घुन पुत्ला सहित अरू सङ्क्रमणबाट पनि बचाउन उनले बताइन्।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP