Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी : ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ,’ दमाहा बजाउँदै गरेकी यहाँको बर्दिबास–३ पाटुकी निरु पौडेलले भनिन्, ‘सुरु सुरुमा कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन। यसमा नाम र दाम दुवै पाएकी छु।’

पञ्चे बाजा समूहमा निरु मात्र छैनन्। क्षत्री, तामाङ्, मगर, कामी, सार्की र दमाईँ समुदायका अन्य महिला पनि छन्। पुरुष, महिला वा यो जात त्यो जात भन्ने छैन। सीप र कला हो। यसमा पोख्त सबै मिलेर ‘समावेशी नौमती पञ्चे बाजा साँस्कृतिक समूह’ गठन गरी व्यावसायिक रूपमा बाजा बजाउँदै आएका छन्। ‘हाम्रो समूहमा जात र लिङ्गको कुरा हुँदैन, त्यसैले यसको नाम नै ‘समावेशी’ शब्दबाट सुरु गरेका हौँ,’ समूहका अध्यक्ष रमेश पौडेल खत्री भन्छन्, ‘यहाँ सीप र कलाको कुरा हुन्छ।’

पाटु बस्तीका १५ जनाले सुरु गरेका यो समूहलाई मङ्सिर लागेयता फुर्सद छैन। ‘हामीलाई डाक्ने जतिलाई समय दिन भ्याएका छैनौँ, जम्मा १५ जना छौँ, एकै समयमा बाँडिएर दुई ठाउँसम्म भ्याएका छौँ’, अध्यक्ष खत्रीले भने, ‘कोही कुरा काट्ने पनि होलान्, तर हामीलाई त तिनका कुरा सुन्ने फुर्सदै पो छैन।’ यो १५ जनाको समूहमा आठ जना महिला छन्।

समूहमा भाले दमाहावादक सुभद्रा कार्की यो काम व्यवसाय मात्र नभएर एउटा विद्रोह पनि भएको बताउँछिन्। ‘हाम्रो पारम्परिक समाजमा महिलाले यो गर्नु हुँदैन, यो काम त अमुक जातको हो भन्ने सोचले जरा गाडेको छ, यस्तो बेला हामीले ‘दमाहा’ समाएका छौँ, परम्परागत समाजमा यो विद्रोह पनि हो’, उनी भन्छिन्, ‘अब निरन्तर हामी काममा लागेपछि टिप्पणी गर्ने हराउँदै गएका छन्, हामी व्यवसायी बनेका छौँ।’

समूहकी भीममाया क्याप्छाकी मगरले सहनाई बजाउन थालेपछि सबै दर्शक मुग्ध देखिन्छन्। ‘हैन, कस्तो राम्रो मिलेको यिनीहरूको सुरताल’, बर्दिबास–१ का स्थानीय भक्त भण्डारीले भने, ‘यिनीको कामप्रतिको समर्पण र लगाव तारिफ योग्य छ।’

केही महिना पहिलेमात्र समूह विधिवत बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा दर्ता गराएका कलाकारले शुल्कमा पनि आफ्नो स्थानीयलाई विशेष छुट दिने गरेका छन्। बर्दिबास–३ मा आयोजना हुने समारोहमा दैनिक ४५ हजार, बर्दिबास नगरपालिकाका अन्य १३ वडामा ५५ हजार र बर्दिबास बाहिर जानुपरेमा ६५ हजार रुपैयाँ शुल्क तोकेका छन्।

यो समूहमा आबद्ध भएदेखि घरायसी खर्चको जोहोका लागि कसैलाई गुहार्नु नपरेको झ्यालीवादक जानुका विक बताउँछिन्। ‘मधेसका सबै जिल्ला पुग्यौँ, जहाँजहाँ पुग्छौ, त्यहाँ हामीलाई बोलाउँछन्,’ समूहकी सहनाइवादक अञ्जना तामाङले भनिन्, ‘मान्छेको मायामाले कामप्रति झन् उत्साह बढाएको छ।’ मधेसका जिल्लाबाहेक कोशी प्रदेशको उदयपुर र बागमतीको सिन्धुलीका कैयन समारोहमा सरिक भइसकेको उनले जानकारी दिइन्।

आफ्नो समूहप्रति युवा पुस्ताले चाख बढाउँदै लगेको समूहका अध्यक्ष खत्री बताउँछन्। यो चासोले कामप्रति विश्वास जगाएको समूहमा आबद्ध कलाकार बताउँछन्।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP