Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

शाखालाई प्राप्त न्यून कोटाका कारण किसान मारमा

 

सिरहा : यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा यसवर्ष किसानको धान खरिदमा चुनौती देखिएको छ।

सरकारले तोकेको समर्थन मूल्य स्थानीय व्यापारीले किसानलाई दिएको भन्दा बढी भएपछि किसानहरु खाद्य व्यवस्थालाई धान बिक्री गर्न आकर्षित भएका हुन्। तर शाखालाई प्राप्त न्यून कोटाका कारण किसान मारमा पर्ने देखिएको छ।

खाद्य कम्पनी लहान शाखाका प्रमुख दीपक सुनारका अनुसार, शाखाले यस वर्ष १२ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने कोटा पाएको छ। गत वर्ष ४० हजार क्विन्टलको कोटा प्राप्त गरेको थियो। विभागबाट न्यून कोटा तोकिएका कारण किसानको धान खरिद गर्न कठिनाइ हुने उनको भनाइ छ।

गतवर्ष किसानले स्थानीय व्यापारीलाई बढी मूल्य दिएका थिए। त्यसले गर्दा खाद्य कम्पनीमा थोरै मात्र धान बिक्रीका लागि ल्याएका थिए। यसवर्ष भने स्थानीय व्यापारीले सरकारले तोकेको मूल्य भन्दा कम मूल्य दिएको छ। कम्पनीले रु तीन हजार ६२८ प्रति क्विन्टलको समर्थन मूल्य तोकेको छभने व्यापारीले प्रति क्विन्टल रु दुई हजार आठ सयमा मात्र खरिद गरिरहेका छन्।

शाखा प्रमुख सुनारले भने, ‘सीमित कोटाले गर्दा किसानको चाप र धान बिक्रीका लागि भीड नियन्त्रण गर्न जटिल हुने देखिन्छ।’

तराईको खाद्यान्न बजार भारतीय बजारबाट प्रभावित हुने भएकाले भारतबाट सस्तोमा धान खरिद गर्न पाउँदा नेपाली किसान सधैँ समस्यामा पर्दै आएका छन्। व्यापारीले सस्तोमा धान खरिद गर्ने नीति अपनाएपछि यहाँका किसान सरकारी समर्थन मूल्यमा बिक्री गर्न खाद्य कम्पनीलाई कुरेर बसेका छन्।

सोमबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको प्राथमिक खरिद समितिको बैठकले धानको कोटा बढाउन पहल गर्ने निर्णय गरेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP