Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सुनीता कार्कीले खानामा विष मिसाउँदा काकीसासू ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु

काठमाडौँ : मोरङको बेलबारी नगरपालिका-२ सिंहदेवी टोलमा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मत्यु भएको छ। ससुराको अवस्था गम्भीर छ।

भतिजी बुहारी ३२ वर्षीया सुनीता कार्कीले खानामा विष मिसाउँदा काकीसासू ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको हो। काकाससुरा ७० वर्षीय भक्तबहादुर गम्भीर बिरामी छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उनको उपचार भइरहेको छ ।

स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोश अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । त्यसपछि घरमा उनकी पत्नी इन्द्रमायासमेत बेहोश भेटिएकी थिइन्।

बेहोस अवस्थामा रहेका दम्पत्तिलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको थियो। उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानले खानामा विष मिसाइएको खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेको खोरमा तीन वटा कुखुरासमेत मरेको फेला परेको छ।

सुनीतालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेसँगै सुनीताले खानामा विष मिसाएको र त्यसपछि विषको बट्टा जलाएको बयान दिएको प्रहरीले जनाएको छ। बट्टा जलेको अवस्थामा बरामद गरिएको छ ।

वृद्ध दम्पत्तिसँगै बस्ने भतिजो प्रशान राई घरबाहिर हुँदा यो घटना घटेको हो। घटनाका कारणबारे प्रहरीले पारिवारिक कलह हुनसक्ने अनुमान गरेको छ।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP