Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

घाँटी रेटेर चार महिने छोराको हत्या

 

काठमाडौं ः नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक (असई) ले चार महिने छोराको हत्या गरेका छन्।

श्रीमान्–श्रीमतीबीच झगडा हुँदा असई पुष्कर कार्कीले आफ्नो छोराको हत्या गरेको खुलेको छ। छोराको हत्या आरोपमा उनलाई आइतबार साँझ करिब ६ बजे प्रहरीले पक्राउ गरेको छ।

असई कार्की र उनकी श्रीमतीबीच चारमहिने छोराको उपचारका विषयमा झगडा भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले जानकारी दिए।
उपचारका विषयमा झगडा हुँदा उनले श्रीमतीमाथि कुटपिट गरी चारमहिने छोराको घाँटी रेटेर हत्या गरेको प्रारम्भिक बयानमा खुलेको एसपी भट्टराईले बताए।

असई कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए। उनकी श्रीमती पनि नेपाल प्रहरीकै जवान हुन्।

श्रीमतीमाथि कुटपिट र छोराको हत्यापश्चात् कार्की कोठाबाट भागेका थिए।कार्कीलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

घाइते श्रीमतीको महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भरहेको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP