Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पुगे

 

काठमाडौँ : गौतम बुद्ध क्रिकेट रंगशालाको विवादका बिच कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पुगेका छन्। छोरी सुबिहानीको जटिल उपचारका लागि भन्दै उनीहरू केही दिनअघि सपरिवार अमेरिका गएका हुन्।

अमेरिकाबाटै सामाजिक सञ्जालमा लामो स्टाटस (बकपत्र) लेख्दै धुर्मुसले रंगशाला निर्माणका क्रममा व्यहोरेको दुःख र अमेरिका आउनुको कारण उल्लेख गरेका छन्।

आफू अमेरिकामा रहँदासम्म नेपालमा विचाराधीन मुद्दाका लागि धुर्मुस-सुन्तली फाउण्डेसनका उपाध्यक्षलाई अख्तियारी दिएको उनले जनाएका छन्। छोरीको नि:शुल्क उपचार सुविधा पाएकाले अमेरिका आएको भन्दै उनले उपचार सकेर नेपाल फर्किने बताएका छन्।

‘हामी भागेको होइन। छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन’, उनले भनेका छन्, ‘छोरीको उपचारपश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौँ।’

उनले रंगशालाको समस्याबाट मुक्त गरिदिएर कलाकारितामा फर्किन सहयोग गरिदिन उनले सरकारसँग आग्रह गरेका छन्। ‘हामीलाई रंगशालाको समस्याबाट मुक्ति दिएर कलाकारितामा फर्किने वातावरण राज्यले सिर्जना गरिदियोस्’, उनले लेखेका छन्, ‘नेपाल सरकारलाई हाम्रो विनम्र अनुरोध!’  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP