काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ।
अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो। गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ।
चाँदी तोलामा ७५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया