काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ।
जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो। यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा तोडिएको छ।
गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
त्यस्तै चाँदीको भाउले केही दिनयता नै नयाँ रेकर्ड बनाइरहेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला १३० रुपैयाँ मूल्य बढेको छ।
जसअनुसार चाँदी प्रतितोला मूल्य ४ हजार २३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया