पर्वत : भनिन्छ ‘गुरु भनेका दीप हुन्, जसले आफैँ जलेर अरूलाई उज्यालो दिन्छन्।’ गुरु ज्ञान, संस्कार र जीवनको मार्गदर्शन दिने सबैभन्दा महत्त्वपूर्ण आधार हुन्। अभिभावकले जीवन दिन्छन् भने गुरुले जीवन जिउने सही बाटो देखाउँछन्। त्यसैले त ‘गुरु’लाई समाजको मेरुदण्ड मानिन्छ।
तर आजभोलि गुरु, जन्म दिने बुबा आमा र आफू रहने समाजप्रतिको बफादारता कम हुँदै गएका चर्चा चल्छन्। ‘गुरु’लाई ‘गुरु’को स्थानमा नराखेर कमजोरीमा प्रहार गर्ने प्रवृत्तिले अध्ययन र पठन संस्कृतिमा समेत ह्रास आउँदै गएको छ। तर यही परिवेशमा प्रवासमा रहेका एक जना पर्वते अभियन्ताले ‘गुरु’कै सम्झनामा विद्यालयमा अक्षयकोषहरू स्थापना गरेका छन्।
जिल्लाको मोदी गाउँपालिकास्थित राम्जाको गोतामे थरमा जन्म भई हाल अमेरिकामा रहेका डा. खेमराज गौतमको पहलमा मोदी गाउँपालिका र कुश्मा नगरपालिकाको १/१ विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो। आफ्ना ‘गुरु’ स्व.लक्ष्मीप्रसाद पौडेलको स्मृतिमा राम्जाको पशुपति माध्यमिक विद्यालयमा ३ लाख ५० हजार रुपैयाँ र कुश्माको बितलबमा रहेको पूर्णेश्वर माध्यमिक विद्यालयमा पनि सोही राशि गरी दुई विद्यालयमा ७ लाख रुपैयाँका दुई ओटा अक्षयकोष स्थापना गरिएका हुन्।
पशुपति मा.वि.मा अध्ययन गरेका डा. गौतमले स्व. शिक्षक पौडेलको योगदानलाई स्मरणमा राखिराख्नको लागि अक्षयकोष स्थापना गर्ने अभियान चलाएका थिए। सोही क्रममा ३० जना सहयोगदाताहरूबाट ७ लाख रुपैयाँ जुटेपछि आफू नै विद्यालयमा उपस्थित भएर डा. गौतमले अक्षयकोष स्थापना गरेका हुन्।
यी दुवै अक्षयकोष स्व. गुरु लक्ष्मी प्रसाद पौडेलको स्मृतिमा उहाँकै नाममा स्थापना गरिएको हो। स्वर्गीय पौडेलले पूर्णेश्वर मा.वि.मा शिक्षण गर्नुका साथै विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए। विद्यालयमा आयोजित विशेष कार्यक्रममा डा. गौतमले अक्षयकोषको रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद शर्मालाई हस्तान्तरण गरे। उक्त अवसरमा उनले अक्षयकोषबाट प्राप्त ब्याज रकम कक्षा ९, १०, ११ र १२ मा नेपाली विषयमा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रोत्साहन स्वरूप प्रयोग गर्न सुझाव दिए।
प्रवासमा रहेका एक विद्यार्थीले आफ्ना गुरुको स्मरणमा शिक्षाको विकासमा योगदान पुर्याउनु उदाहरणीय काम भएको बताए। अक्षयकोषबाट प्राप्त हुने रकमबाट दिइने प्रोत्साहनले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह बढ्ने बताउँदै उनले गुरुको स्मृति जस्तै पवित्र काम वा विशेष अवसरहरूमा यस्तै खालका कामहरू हुनुपर्ने सुझाए।
स्वर्गीय गुरुको स्मृतिमा स्थापना गरिएको उक्त अक्षयकोषले विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया