Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

   जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका-८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा क.प्र. ०२-००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान ११ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

छेडागाड नगरपालिका-९ पजारुबाट थलह तर्फ आउँदै गरेको उक्त जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

चालकसहित ६ जना सवार रहेकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा छेडागाड नगरपालिका-९ पजारु की ७० वर्षीया नन्दकला अधिकारी र सोही ठाउँ बस्ने २८ वर्षीय राजु अधिकारी रहेका छन् ।

दुर्घटनामा परी घाइते हुनेमा जिप चालक सोही ठाउँका २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका-६ की २३ वर्षीया सितला रावत रहेका छन् । अनलाइनखबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP