Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

स्वर्गद्वारी तीर्थस्थल : प्युठानको गौरव, नेपालको धरोहर

 

स्वर्ग जाने बाटो कहाँ होला ? धार्मिक आस्थाले भरिएको यो प्रश्नको उत्तर खोज्न हजारौं भक्तजन हरेक वर्ष लुम्बिनी हुँदै प्युठानको स्वर्गद्वारी यात्रामा निस्कन्छन् ।

हरियालीले ढाकिएको पहाडी भेग, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाको मनमोहक दृश्य, शान्त वातावरण र श्रद्धाले भरिएको स्वर्गद्वारी साँच्चै आस्थाको यात्राका लागि अनुपम गन्तव्य हो ।

यहाँको हरियो वन, शीतल बतास, सतयुगदेखि जलिरहेको यज्ञकुण्ड, ऐतिहासिक गुफा र अखण्ड वेदपाठले आगन्तुकलाई गहिरो आध्यात्मिक ऊर्जा प्रदान गर्छ । बिहानको घामले हिमालमा फैलाउने सुनौला किरणले स्वर्गद्वारीलाई स्वर्गको प्रवेशद्वार जस्तै अनुभूति गराउँछ ।

स्वर्गद्वारीको धार्मिक महत्त्व

नेपालका सात प्रमुख धाममध्ये एक मानिने स्वर्गद्वारी हिन्दु धर्मावलम्बीहरूका लागि महत्वपूर्ण तीर्थस्थल हो । भनिन्छ, पशुपतिनाथको दर्शनपछि यदि स्वर्गद्वारीको यात्रा गरिएन भने तीर्थयात्रा अपूर्ण रहन्छ ।

महाभारतकालीन किंवदन्तीअनुसार, पाँच पाण्डवहरूले यहीँ यज्ञ गरेका थिए र यहीँबाट स्वर्ग गएका थिए । यही कारणले गर्दा स्वर्गद्वारीलाई ‘स्वर्ग जाने बाटो’ भनिन्छ ।

स्वर्गद्वारी नगरपालिका–२, खालस्थित यस आश्रममा दैनिक पूजाआजा, भजन–कीर्तन र धार्मिक अनुष्ठानहरू गुञ्जन्छन् । यहाँ हिन्दु धर्मका प्रमुख अनुष्ठान- यज्ञ, पूजा, वेद पाठ निरन्तर भइरहन्छन् । तीर्थयात्रीहरूको दृढ विश्वास छ, स्वर्गद्वारी पुग्नासाथ मनोकांक्षा पूरा हुन्छ र जीवनमा नयाँ ऊर्जा प्रवाहित हुन्छ ।

के साँच्चै स्वर्ग जाने ढोका यहीँ छ ?

स्वर्गको परिभाषा प्रत्येक व्यक्तिको अनुभवमा भर पर्छ, तर जो स्वर्गद्वारी पुग्छन्, उनीहरू भन्छन्, स्वर्ग खोज्दै कतै जानु पर्दैन, स्वर्गद्वारी नै स्वर्ग जस्तो लाग्छ ।

धार्मिक पर्यटनको केन्द्र बनेको स्वर्गद्वारी नेपाल र भारत दुवै देशका भक्तजनहरूका लागि महत्वपूर्ण स्थल हो । आश्रम व्यवस्थापनका अनुसार, वार्षिक तीन लाखभन्दा बढी तीर्थयात्री यहाँ पुग्छन्, जसमा ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपाली हुन्छन् ।

‘स्वर्गद्वारीमा पर्यटकको संख्या बढ्दो छ,’ आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारी भन्छन्, ‘भारतीय तीर्थयात्रीको भेटी यहाँको प्रमुख आम्दानीको स्रोत हो ।’

आश्रमका कर्मचारी लालुराम न्यौपानेले अंग्रेजी नयाँ वर्षदेखि वैशाख पूर्णिमा र साउनसम्म भारतीय तीर्थयात्रीको घुइँचो लाग्ने बताए ।

स्वर्गद्वारी आश्रम र यसको विशेषता

१९१६ सालमा रोल्पा जिल्लाको शशिलेख रुम्टीमा जन्मेका महाप्रभु नारायण खत्री गिरी (स्वामी हंसानन्द गिरी) ले १९५२ सालमा स्वर्गद्वारी आश्रमको स्थापना गरेका थिए । यहाँ विशेष रूपमा अखण्ड अग्नि, धुनी, वेदपाठ, हवन र बलि पूजा निरन्तर भइरहेका छन् । आश्रम परिसरमा महाप्रभुको समाधि, शिवलिङ्ग, विशाल यज्ञशाला र सतयुगदेखि अनवरत चलिरहेको वेद पाठशाला रहेका छन् ।

स्वर्गद्वारीमा पाँच पाण्डवको यज्ञस्थल, स्वर्ग जाने बाटो, महाप्रभुको तपस्यास्थल (गुफा), गोवर्धन पहाड र यज्ञशाला रहेका छन् । विशेष पर्वहरू वैशाख पूर्णिमा, गाईतिहार औंसी, विजयादशमी, माघे संक्रान्ति आदि अवसरमा यहाँ ठूलो मेला लाग्छ । यहाँ गौशालासमेत छ जहाँ ४०० बढी गाई पालिएका छन् ।

गुरुकुल विद्यालय र वैदिक शिक्षा

आश्रमले गुरुकुल विद्यालय सञ्चालन गरेको छ, जहाँ वैदिक शिक्षा, रुद्री, चण्डी, आयुर्वेद, व्याकरण लगायतका विषय निःशुल्क पढाइन्छ । २०६९ सालदेखि कक्षा ६ देखि १० सम्मको औपचारिक पढाइ सुरु गरिएको छ । यस विद्यालयमा १३५ विद्यार्थीले वेदवेदाङ्गसहित आधुनिक शिक्षा प्राप्त गर्दै छन् ।

नेपालका साथै सिक्किम, आसाम, मणिपुर जस्ता स्थानका विद्यार्थीहरू पनि यहाँ अध्ययन गर्न आउने गरेको आश्रम व्यवस्थापन समितिले जानकारी दिएको छ । समितिका अनुसार यहाँ सेवकहरूको बालबालिकाका लागि विशेष बालकक्षा सञ्चालन गरिएको छ, जसमा करिब १०० जना बालबालिका लाभान्वित भएका छन् ।

खानपान र बसोबासको व्यवस्था

स्वर्गद्वारी पुग्ने तीर्थयात्रीको लागि आश्रममा ४०० जना अट्ने धर्मशाला छ । यहाँ धूमपान र मद्यपान पूर्ण रूपमा निषेधित छ । भोजनमा अर्गानिक सागसब्जी, गाईको दूध, दही र मोही उपलब्ध गराइन्छ । साथै, भक्तजनको सुविधाका लागि आश्रम परिसरमा फ्रि वाइफाइ सुविधासमेत उपलब्ध छ ।

स्वर्गद्वारी पुग्न दुई वटा मुख्य सडक मार्ग छन्, दाङको भालुवाङबाट प्युठानको भिंगृ हुँदै जाने मार्ग र दाङको घोराहीबाट होलेरी हुँदै जाने मार्ग । भालुवाङबाट भिंगृसम्म ५५ किलोमिटर पक्की सडक रहेको छ, त्यहाँबाट धरमपानी बजार हुँदै सिँढीमार्फत आश्रम पुग्नुपर्छ । पैदल हिँड्न नसक्नेहरूका लागि घोडा सवारीको व्यवस्था छ ।

स्वर्गद्वारीको अधुरो विकास

हाल भिंगृ–धरमपानी सडक पक्की भइसकेको छ, सिँढी निर्माण पनि सम्पन्न भएको छ । तर धरमपानीको ठूलो धर्मशाला ठेकेदारको लापरबाहीका कारण अधुरो छ । ‘गुरुयोजना बनेको छ, तर बजेट अभावले आवश्यक संरचना निर्माण अघि बढ्न सकेको छैन,’ प्रशासनिक अधिकृत अधिकारीले भने ।

लाखौं भक्तजनको आगमन भए पनि स्वर्गद्वारीको व्यावसायीकरण हुन सकेको छैन । धार्मिक पर्यटनको अपार सम्भावना बोकेको यो स्थलमा यात्रुले सम्झनाका लागि लैजान सक्ने चिनोको अभाव छ, र स्थानीयवासीले प्रत्यक्ष आर्थिक लाभ उठाउन सकेका छैनन् ।

प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले भने, ‘यदि भारतीय तीर्थयात्रीलाई केही दिन बस्न प्रेरित गर्ने वातावरण बन्यो भने धार्मिक पर्यटन थप दिगो र समृद्ध बन्न सक्छ ।’

स्वर्गद्वारीलाई प्रमुख धार्मिक पर्यटन गन्तव्य बनाउन लुम्बिनी–स्वर्गद्वारी–गौमुखी–सुपादेउराली–ढोरपाटन–मुक्तिनाथ रुट विकास गर्न सके नेपालमा धार्मिक पर्यटनको नयाँ युग सुरु हुनसक्ने पर्यटन विज्ञहरूको मत छ ।  अनलाइनखबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP