Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मोटरसाइकल दुर्घटनामा परी भारतीय नागरिकको मृत्यु

रौतहट : रौतहटमा शनिबार साझ भएको मोटरसाइकल दुर्घटनामा परी भारतीय नागरिकको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

जिल्लाको दुर्गा भगवती गाउँपालिका–३ र ५ को सिमानामा पर्ने कछुअवा पुलमा गौर–गंगापिपरा सडक खण्ड अन्तर्गत पर्ने कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल शनिबार साँझ साढे ५ बजे अनियन्त्रित भई पुलबाट तल खसेको हो।

दुर्घटनामा परी भारतको शिवहर जिल्ला, पिपडारी थाना अन्तर्गत मोहनपुर वडा नम्बर–६ का २८ वर्षीय मिन्टु पासवानको मृत्यु भएको छ । सोही स्थानका २६ वर्षीय रमेश पासवान गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार मोटरसाइकल तीव्र गतिमा चलाइएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान छ। दुर्घटनास्थलबाट मोटरसाइकलमा झुण्ड्याइएको झोलाभित्र ‘गोल्डेन ओके’ नामक मदिरा समेत फेला परेको प्रहरीले जनाएको छ। अत्यधिक मदिरा सेवन गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा गम्भीर घाइते पासवानलाई प्रादेशिक अस्पताल गौरमा प्रारम्भिक उपचारपछि थप उपचारका बाराको एलएस न्यूरो अस्पतालमा भइरहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  अनलाइनखबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP