Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

फोहोर नफाल्न, वातावरण स्वच्छ र सफा राख्न अपिल गर्दै सन्देशमूलक सूचना

पोखरा-९ नयाँबजार बुद्धपार्कस्थित बिजुलीको पोलमा लेखिएको छ- यहाँ फोहोर फाल्न मनाही छ । सँगैको चौतारामा फोहोर नफाल्न, वातावरण स्वच्छ र सफा राख्न अपिल गर्दै सन्देशमूलक सूचना टाँसिएको छ ।

तर, जहाँ सूचनाको ब्यानर टाँगिएको छ, त्यसको ठिक अगाडि फोहोरको डंगुर छ । पैदल यात्रुहरू नाक थुनेर हिँडिरहेका छन् । यो दृश्यले पोखरालाई गिज्याइरहेझैं लाग्छ ।

सिर्जनचोकमा यात्रुका लागि प्रतीक्षालय बनाइएको छ । त्यो प्रतीक्षालयमा थुपारिएको फोहोर र फैलिएको दुर्गन्धले आसपासका व्यवसायी, पैदलयात्रु र नजिकैको अस्पतालसम्म असर गरेको छ । फोहोरको थुप्रोमा झिंगा भन्किरहेका छन् ।

यी दुई दृश्य उदाहरण मात्रै हुन्, पोखरामा केही दिनदेखि मुख्य सडक र चोकहरूमा यही नियति पटकपटक दोहोरिएको छ । फोहोर व्यवस्थापन समस्याको चंगुलमा फस्दा पोखरामा केही दिनदेखि फोहोर उठ्न सकेको छैन । मुख्य सडक र चोकहरूमै फोहोर थुपारिँदा दैनिक सयौं पर्यटक आउजाउ गर्ने पोखरा नै दुर्गन्धित बन्न पुगेको छ ।

तत्काललाई विकल्प खडा गरी सडकमा थुप्रिएको फोहोर उठाइहाले पनि दीर्घकालीन व्यवस्थापन टाउको दुखाइ बनेको छ ।

पोखरा-३२ लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइट भरिएको छ भने स्थायीयवासीले फोहोर लैजानै रोक लगएका छन् । पोखरा महानगरले विकल्प खोजिरहेको बताएको भए पनि निर्णयमा पुग्न सकेको छैन ।

एकातिर ल्यान्डफिल साइटमा फोहोर लान नसकेर सडकमै थुप्रिएको छ भने अर्कोतिर पछिल्लो महिनामा पोखरा-३३ मा बनाउने भनिएको फोहोर प्रशोधन केन्द्रको विषयले स्थानीय आन्दोलित छन् । पुँडीटार क्षेत्रमा फाहोर व्यवस्थापन गर्न स्थानीयलाई बुझाउने, त्यसको मोडल र वातावरणीय प्रभावका बारेमा नबुझाउँदा प्रदर्शन भएका छन् ।

विवाद बढ्दै गएपछि तोडफोड र वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी नचाएको घटना देशभर चर्चाको विषय बनेको थियो । अहिले पनि त्यहाँका स्थानीय विरोधमै छन् । अस्थायी ल्यान्डफिल साइडको समस्या बल्झिएपछि पोखराका मेयर धनराज आचार्यका निम्ति ठूलो चुनौती बन्न पुगेको छ ।

चुनाव नजिकिएसँगै पोखराको फोहोर व्यवस्थापनको विषय थप पेचिलो बन्ने देखिएको छ । महानगरले तत्काल विकल्प खोजे पनि त्यसले समाधान नदिने वडा नम्बर ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीको भनाइ छ ।

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्ति अर्याल, वडाध्यक्ष कार्की लगायतको टोलीले वैकल्पका रूपमा फोहोर व्यवस्थापन गर्न सकिने जग्गाहरूको खोजी गरिरहेको छ ।

पोखरा-३२ कै मझुवा भन्ने ठाउँमा व्यवस्थापन गर्न सकिने देखेर महानगरको टोलीले जग्गा हेरिरहेको तर निष्कर्षमा पुग्न नसक्दा पोखराका सडक र चोकहरूमा थुप्रिएको फोहोर उठ्ने अझै टुंगो छैन । महानगरले फोहोर घरमै छुट्याएर राख्न र सडक तथा चोकमा नथुपार्न सूचना नै जारी गरेको छ ।

महानरपालिकाले बेलैमा समस्या समाधान गर्न विकल्पको खोजी गर्ने, फोहोर प्रशोधन केन्द्रबारे नागरिकलाई बुझाउने र पारदर्शी रूपमा व्यवस्थापनको काम नगर्दा पटकपटक अवरोध हुँदै आएको छ ।

पोखराको फोहोर व्यवस्थापन विवाद र समस्याको चंगुलमा फस्न पुगेको छ । पोखरा विमानस्थलमा १ जनवरी (१७ पुस) देखि व्यावसायिक उडान हुनुअघि पोखरा-१४ बाच्छेबुडुवाबाट ल्यान्डफिल साइट सारिएको हो ।

विमानस्थलनजिकै ल्यान्डफिल साइट हुँदा उडान हुन नसक्ने भन्दै तत्काल पोखराको फोहोर व्यवस्थापनको विकल्प खोज्न आयोजनाले मेयर मानबहादुर जीसीको पालादेखि नै भन्दै आएको थियो । तर टुंगो लगाउन नसक्दै मेयर जीसी बिरामी परे र कार्यकाल नै सकियो ।

२०७९ को चुनावपछि पोखराको मेयर बनेर आएका धनराज आचार्यको प्रमुख चुनौती नै ल्यान्डफिल साइडको विकल्प खोज्नु थियो । पोखराका विभिन्न ठाउँमा प्रस्ताव गर्दै स्थानीयले विरोध गर्ने र निर्णय गर्न नसक्ने हुँदै गर्दा पोखरा-३२ लामेआहालमा अस्थायी ल्यान्डफिल साइटको रूपमा सेती किनारमा व्यवस्थापन गर्ने र तत्काल फोहार प्रशोधन केन्द्र निर्माणको प्रक्रिया थाल्ने मेयर आचार्यले बताएका थिए ।

मेयर आचार्यले ३ महिना भित्र टिकट काटेर हेर्ने प्रशोधन केन्द्र बनाउने बताएका थिए । जग्गा व्यवस्थापन, त्यसको प्रारम्भिक अध्ययन, लागत अनुमानसमेत नगरी केही महिनामै टिकट काटेर हेर्ने फोहोर प्रशोधन केन्द्र बनाउने भनेर मेयर आचार्यले गरेको ठोकुवा पोखराकै निम्ति भारी बन्न पुग्यो ।

स्थानीयसँग ६ महिनाका लागि लामेआहालमा फोहोर व्यवस्थापन गर्न दिने सम्झौता भएको थियो । २०८० को सुरुवातदेखि नै स्थायीयले फोहोर लैजान अवरोध गरेका थिए ।

पोखरा महानगरले सम्झौताअनुसार स्थानीयका माग सम्बोधन नगरेको, सम्झौता सकिइसकेपछि पनि अर्को विकल्प नखोजिएको भन्दै पटकपटक फोहोर लैजान स्थानीयले अवरोध गर्दै आएका छन् । तत्काललाई समस्या समाधान गर्ने र त्यसपछि अर्को विकल्प नखोज्दा पोखराको फोहोर व्यवस्थापनमा फेरि समस्या निम्तिएको छ ।

पोखराको फोहोर उठाउने निजी कम्पनीको म्याद सकिएपछि बिनाप्रतिस्पर्धा राजस्व घाटा खाएर म्याद थपिएको थियो । आउँदो असारमा उनीहरूसँगको सम्झौता पनि सकिँदै छ । एकातिर राजस्व घाटा खाएर विनाप्रतिस्पर्धा पुरानै कम्पनीलाई फोहोर उठाउने जिम्मा दिने र अर्कोतिर महानगरकै स्वार्थसमेत बाझिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो विषयमा छानबिन गरिरहेको छ ।

अहिले पोखरामा संकलन हुने फोहोर ८ वटा कम्पनीले ल्यान्डफिल साइट पुर्‍याउँदै आएका छन् । बिनाप्रतिस्पर्धा तिनै कम्पनीहरूलाई पटकपटक जिम्मेवारी दिइएपछि महानगरमाथि नै प्रश्न उठ्दै आएको छ ।

महानगरलाई पहिलेभन्दा ठूलो आर्थिक घाटा पर्ने गरी ३ वर्षका लागि पहिलेकै कम्पनीलाई म्याद थपिएपछि अख्तियार र महालेखाको कार्यालयले प्रश्न उठाउँदै आइरहेको छ । यी कम्पनीले यसअघि वार्षिक १ करोड ७० लाख रूपैयाँ राजस्व बुझाउँथे । तर अहिले भने ३ वर्षको १ करोड ८६ लाख रुपैयाँ मात्र राजस्व पाउने गरी बिनाप्रतिस्पर्धा ठेक्का लगाइएको छ ।

पोखराको फोहोर व्यवस्थापनका नाममा विभिन्न विवाद र ठूलो बजेटसमेत खर्च हुँदै आएको छ । बिनाप्रतिस्पर्धा निजी कम्पनीहरूलाई ठेक्का दिनेदेखि माटो पुर्ने, माटो व्यवस्थापनसम्मको कामका लागि भन्दै करोडौं रुपैयाँ खर्चसमेत भएको छ ।

यी विषयहरूमाथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाउँदै आइरहेको छ भने अख्तियारले समेत निजी कम्पनी, पोखराका मेयरदेखि जनप्रतिनिधि लगायतलाई बयानका लागि बोलाइरहेको छ ।

महानगरको पन्ध्रौं कार्यपालिका बैठक र गत वर्ष फागुनमा भएको विशेष नगरसभा बैठकले २०८३ असारसम्मका लागि म्याद थप्ने निर्णय गरेको थियो ।

पोखराको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि भन्दै नेपालका विभिन्न शहरदेखि भारतका विभिन्न ठाउँमा कर्मचारी-जनप्रतिनिधिको टोलीले भ्रमण गरेको थियो । तर समस्या भने सुल्झिनुको सट्टा बल्झिँदै गएको छ ।

‘अस्थायी ल्यान्डफिल साइटको विकल्पको खोजी गर्दैछौं । हामीले विभिन्न ठाउँ हेर्‍यौं । मझुवातिर पनि हेरिएको छ । छिट्टै निर्णय गरेर पोखराको फोहोर उठ्छ,’ प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने ।

पोखराका मेयर आचार्यले स्थानीयको सहजीकरण बिना फोहोरको समस्या नसुल्झिने बताएका छन् । मुआब्जाको प्रक्रिया र दररेट मूल्यांकनको विषयले फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया केही ढिला भएको मेयर आचार्यको भनाइ छ ।

‘जहाँ बनाउने भन्यो उतै विरोध र अवरोध गरेर त कसरी हल निस्किन्छ, यो मेयरको मात्रै समस्या हो भनेर बुझ्नुभएन,’ आचार्यले भने, ‘अस्थायी ल्यान्डफिल साइटको समस्या छिट्टै हट्छ र नयाँका लागि सबै स्थानीय र राजनीतिक दल, सरोकारवालाको समन्वय र सहयोग चाहिन्छ ।’

पोखराको फोहोर व्यवस्थापनका विषयमा राजनीतिक दलहरूले पनि बेवास्ता गरेका छन् । चुनाव नजिकिँदा तत्काल प्रशोधन केन्द्रको नाम पनि अगाडि नबढ्ने देखिएको छ ।

महानगर सरसफाइ शाखाका अनुसार हाल पोखरा महानगरबाट दैनिक २०० टन फोहोर व्यवस्थापन गर्नुपर्छ । पोखरा-३३ मा फोहोर प्रशोधन केन्द्र निर्माणका लागि पोखरा महानगरपालिका र प्रशोधन केन्द्र निर्माणका लागि छनोट भएको कम्पनी टेरासोल्भ रिनुएवल प्रालिबीच गत मंसिर २ गते सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सम्झौता भएर प्रक्रिया अगाडि बढाइएको थियो ।

एकातिर महानगरले नै रोक्कामा राखेको १७ जना जग्गाधनीको ९६ रोपनी जग्गाको विवाद कायमै छ भने अर्कोतिर फोहोर प्रशोधन केन्द्र निर्माणस्थल आसपासका स्थानीयले सहमतिबिना निर्माण हुन नदिने भन्दै आन्दोलन गरिरहेका छन् ।

कमसल जग्गाको बढी मूल्यांकन गरेर पेस गरिएको भन्दै प्रमुख जिल्ला अधिकारी नेतृत्वको मूल्यांकन समितिले फाइल रोकिदिएको थियो ।

स्थानीयको जग्गा रोक्का गर्दै बैना दिनका लागि पोखरा महानगरको खाताबाट ५५ लाख रुपैयाँ वडाध्यक्ष रामचन्द्रको खातामा पठाएको पाइएको थियो । सरकारी पैसा व्यक्तिको खाता पठाएको विषय सार्वजनिक भएपछि वडाध्यक्ष र मेयर आचार्य सहितले हिसाब मिलान गराएका थिए । तर त्यो पैसाबाट स्थानीयले भने बैना पाइसकेका थिए ।

अस्थायी ल्यान्डफिल साइट र स्थायी फोहोर प्रशोधन केन्द्र निर्माणका लागि जग्गा खोज्ने संयोजक वडा नम्बर ३३ कै वडाध्यक्ष थिए भने मेयर आचार्य पनि सोही वडामा हुन् । फोहोर प्रशोधन केन्द्र निर्माण तथा सञ्चालकका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सूचना आह्वानसमेत २०७९ चैतमै भएको थियो । जसमा ५ वटा कम्पनीले मनसायपत्र पेस गरेका थिए ।

त्यसमा पनि ३ वटा कम्पनी छानेर २०८० मंसिर १७ मा बैठकले टेरासल्व रिन्युएवलको प्रस्तावलाई स्वीकृत गर्दै प्रशोधन केन्द्र निर्माण तथा सञ्चालन गर्ने निर्णय भएको थियो । करिब डेढ अर्ब लगानी गर्ने, जग्गाको व्यवस्थापन भने ६ महिना भित्र महानगरले गरिदिने त्यसपछि पनि नभए स्वत: सम्झौता रद्द हुने सहमति छ ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP