Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर : मोरङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

दुर्घटनामा नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष एवम् दुहबी जेसीजकी पूर्व अध्यक्ष कञ्चन झा र दुहबी जेसीजका पूर्व अध्यक्ष प्रकाश साहको निधन भएको हो।

सोमवार राति करिब ७ः३० बजे मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित स्वस्तिक जुट मिल अगाडिको भित्री पक्की सडक खण्डमा दुर्घटना भएको हो।
प्रदेश नम्बर १–०२–०४९ प ९२२३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका–५ निवासी ३१ वर्षीय प्रकाश साह र पछाडि सवार विराटनगर महानगरपालिका–१५ निवासी ४० वर्षीया कञ्चन झा गम्भीर घाइते भएका थिए।

दुवै जनाको अनुहार र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याएको केही समयपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्।

मृतक साह दुहबी जेसीज २०२४ का अध्यक्ष हुन् भने कञ्चन दुहबी जेसीज २०१८ की अध्यक्ष तथा जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष थिइन्।  थाहा खबर
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP