Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : स्याङ्जाको वालिङबाट चापाकोटतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा वालिङ नगरपालिका–७ केवरेका ६५ वर्षीय डोलराज कोइराला र कैलालीको टिकापुर नगरपालिका–७ का ३५ वर्षीय राजकुमार चौधरी रहेका छन् ।

उनीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा चिकित्सकले मृत घोषण गरेका हुन्।

जिल्ला प्रहरीका अनुसार मंगलबार दिउँसो वालिङबाट लु ३ त ५१७३ नम्बरको ट्र्याक्टर ढुँगा लिएर जाने क्रममा अनियन्त्रित हुँदा सडकबाट १० मिटर तल खसेको थियो। यसैगरी दुर्घटनामा चार जना घाइते भएका छन्।

जिल्ला प्रहरीका सूचना अधिकारी डीएसपी प्रशन्नराज चौधरीका अनुसार घाइते हुनेमा पश्चिम नवलपरासीको सरल गापा–१ का २८ वर्षीय लालबहादुर सुनार, कैलालीको लम्की नगरपालिका–५ का २२ वर्षीय श्याम चौधरी, ३९ वर्षीय लक्ष्मण चौधरी र दाङको राप्ती गापा–५ का ३५ वर्षीय हुकुमबहादुर दर्लामी रहेका छन् । उनीहरुलाई वालिङ स्वास्थ्य केन्द्रले प्रारम्भिक उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरेको छ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP