Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

छाङरु र तिंकरका मतदाताका लागि यसपटक प्रतिनिधिसभा निर्वाचन सहज

 

नरेन्द्रसिंह कार्की

भारतबाट अतिक्रमित कालापानी नजिकका छाङरु र तिंकरका मतदाताका लागि यसपटक प्रतिनिधिसभा निर्वाचन सहज बनेको छ । व्यास गाउँपालिका–१ अन्तर्गत पर्ने यी दुर्गम गाउँका स्थानीयले खलंगामै मतदान गर्न पाउने भएपछि सहज भएको हो ।

छाङरु र तिंकरका स्थानीयको जीवनशैली मौसमी बसाइँसराईसँग गाँसिएको छ । वर्षको ६ महिना गाउँमै (छाङरु/तिंकर) र बाँकी ६ महिना सदरमुकाम खलंगामा बसोबास गर्ने परम्परा उनीहरूको छ । उनीहरूको भाषामा बसाइँसराई गर्नुलाई (कुञ्चा) सर्नु भनिन्छ ।

मंसिर लागेसँगै तिंकर गाउँ पूर्ण रूपमा सुनसान छ । अत्यधिक हिमपातका कारण स्थानीय मात्र होइन, तिंकरस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) समेत छाङरु झरेका छन् । तिंकर चीनसँग सीमा जोडिएको अन्तिम गाउँ हो । यहाँबाट नेपाल–चीन एक नम्बर सीमा स्तम्भ पर्दछ ।

छाङरुमा भने केही परिवारको बसोबास अझै छ । वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार, गाउँको रेखदेखका लागि राइसिंह ऐतवाललाई चौकीदारको जिम्मेवारी दिइएको छ । चोरी–तस्करी जस्ता घटना नहोउन् भनेर वडाले उनलाई ६ महिनासम्म मासिक १५ हजार रुपैयाँ पारिश्रमिक समेत उपलब्ध गराएको छ ।

यस्तै हाल छाङरुमा सौर्य ऊर्जाका अपरेटर प्रल्हाद ऐतवाल, द्रोपति बोहरा र दौलत बोहराको परिवार बसोबास छ । सशस्त्र प्रहरी बलको नम्बर ५० गुल्म र नेपाल प्रहरीको टोली पनि छाङरुमै छन् । भारतसँग सीमा जोडिएको यो गाउँ कालापानीभन्दा करिब १० किलोमिटर तल पर्छ । यस क्षेत्रका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोललाई नेपाल सरकारले २०७७ जेठ ७ गते नेपालको नक्सामा समेटेको थियो । यही क्षेत्रमा बसोबास गर्ने नावी, गुञ्जी र कुटीका नागरिक भने अहिले पनि भारतकै निर्वाचनमा सहभागी हुन्छन् ।

यसअघि २०७९ सालको स्थानीय तह निर्वाचन छाङरु र तिंकरकै मतदान केन्द्रमा सम्पन्न भएको थियो । वैशाख–जेठतिर हुने निर्वाचनहरू प्राय : माथि गाउँमै हुने गरेको अध्यक्ष बोहरा बताउँछन् । तर यसपटक मंसिरमै स्थानीय खलंगा झरेका कारण मतदान केन्द्र खलंगामै राख्न माघ ५ गते माग गरिएको थियो । वडाअध्यक्ष बोहरा खलंगामै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागित बढ्ने सुनाउँछन् ।

स्थानीयको बसाइँसराई भइसकेको अवस्थामा विगतको जस्तै खलंगामै मतदान केन्द्र कायम भएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसा अवस्थीले जानकारी दिए । ‘निर्वाचन आयोगले निर्णय गरेर पठाएको छ,’ उनले भने, ‘अब दुवै बस्तीको निर्वाचन खलंगाकै केन्द्रमा हुन्छन् ।’

उनका अनुसार, व्यास गाउँपालिका–१ मा दुई वटा मतदान केन्द्र कायम छन् । छाङरु र तिंकरकै नामका विद्यालय खलंगामा भएको हुँदा सोहीअनुसार मतदान केन्द्र निर्धारण गरिएको छ । अवस्थीले दिएको जानकारी अनुसार, छाङरुका लागि कैलाशपति आधारभूत विद्यालयमा ३७५ जना र तिंकरका लागि मोति महिला संघ आधारभूत विद्यालयमा २४४ जना मतदाता छन् । २०७९ सालको निर्वाचनमा छाङरुमा ३८३ र तिंकरमा २३४ जना मतदाता थिए ।

यसैगरी जिल्लाभर यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि ११२ मतदानस्थल र १४३ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार, ११२ मतदान स्थलमध्ये १५ वटा अतिसंवेदनशील, ३२ वटा संवेदनशील र ६५ वटा सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ ।

अघिल्लो निर्वाचनको अनुभव, भौगोलिक विकटता र सुरक्षा निकायको पहुँचलाई आधार मानेर वर्गीकरण गरिएको उनको भनाइ छ । सडक नपुगेका क्षेत्र पनि संवेदनशील क्षेत्र मानेका छौं । दर्जन बढी मतदानस्थलको स्थलगत निरीक्षण गरेर फर्किएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

२०७९ सालमा ९० हजार ७८२ मतदाता रहेकामा यसपटकको प्रतिनिधिसभा निर्वाचनको लागि २ हजार १६६ मतदाता थपिएर संख्या ९२ हजार ९४८ पुगेको छ । तीमध्ये ४७ हजार ७५५ पुरुष र ४५ हजार १९३ महिला मतदाता रहेका छन् ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP