निरंकुश राणाशासनको विरोधमा संघर्ष गर्ने क्रममा ज्यान गुमाएका चार शहीदको सम्झना गर्दै शहीद सप्ताह शुरु भएको छ।
तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शुक्राज शास्त्रीलाई पचलीस्थित रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएका थिए।
यस्तै उाीहरूले माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए। सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाइन्छ ।
शहीद सप्ताह शुरु भएको दिन शनिबार शास्त्रीको शालिकमा माला र पुष्पगुच्छा अर्पणसहित उनको स्मरण गरिएको छ। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया