मकवानपुर : हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सोप उद्योगको गोदाम घरममा आगलागी भएको छ।
उद्योगको जस्तापाताबाट बनेको साबुन र कार्टुन राखिएको गोदामघरमा बिजुलीको तार सर्ट भई गएराति ११ः५० बजेको समयमा आगलागी भएको हो।
उक्त आगलागी इलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौँडा, सशस्त्र प्रहरी बल नेपाल १४ नं।गण हेर्डक्वाटर, हेटौँडा, हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहयोगमा निभाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
आगलागीबाट मानवीय तथा पशु चौपाया क्षति नभएको र हाल क्षतिको विवरण नखुलेको उनले बताए। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया