Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

कपिलवस्तु जिल्लाको बाणगंगा ८ का स्वघोषित सामाजिक अभियन्ता रिखिराम भट्टराईलाई ३ दिन म्याद थप गरी अनुसन्धान गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ ।सरकारी कागजात सार्वजनिक गरेको कसुरमा उनलाइ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मंगलबार पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।प्रहरीले बिद्युतिय अपराध ऐन अन्र्तगत मुद्धा दर्ता गरेपछि अदालतले आज ३ दिन म्याद थपको अनुमति दिएको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय तौलीहवामा हिरासतमा राखी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले वैखरी अनलाइनलाई जानकारी दिए ।

उनले यसअघि पनि विभिन्न ब्यक्ति, सघं सस्थाको अभियान्ताका नाममा चरित्र हत्या गर्दै आएकाले बिद्युतिय अपराध ऐनमा कसुर ठहरीन सक्ने बताइएको छ । सामाजिक सञ्जाल मार्फत तथ्यहिन बिषयहरुलाई फेसबुकमा पोस्ट गर्दै चरित्र हत्या गर्दै आएपछि उनीबिरुद्ध केहीले यसअघि पनि प्रहरीमा उजुरी दिएका थिए । उजुरी पश्चात यसरी चरित्र हत्या अवदेखि नगर्ने भन्दै प्रहरी कार्यालयमा बारम्बार क्षमा माग्दै कागज गर्दै आएका थिए ।सामाजिक अभियन्ता हु भन्दै अबैध कार्ड लगाएर सहकारी, बन तथा बिभिन्न निकायमा जाने धम्काउने र बार्गेनिङ्ग गर्ने गरेको पाइएको स्रोतले बताएको छ ।सामाजिक सञ्जालमा आफना अन्धभक्त साथीहरु भएको र आफुले जे पोस्ट गर्दापनि उनीहरुले बिश्वास गर्ने भएकाले बार्गेनिङ्ग गर्ने नभए सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गराइ दिने भन्दै धम्की दिने गरेका थिए ।

उनले पछिल्लो समय आफु पुर्व एसएसपि बिक्रम सिंह थापाको नजिकको मान्छे भन्दै धम्काउने र सर्वसाधारणलाई डर त्रास देखाउदै समेत आएका थिए ।  वैखरी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP