Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला तथा र्याली गर्न रोक

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला तथा र्याली गर्न रोक लगाएको छ ।पछिल्ला राजनीतिक गतिविधि र प्रदर्शनका सन्दर्भमा शान्ति सुरक्षा अवस्थालाई सुदृढ तुल्याउँदै चुनावका लागि उपयुक्त वातावरण कायम गर्न यस्तो व्यवस्था गरेको प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।केही समूह तथा राजनीतिक दलबाट विमानस्थल क्षेत्र र आसपास प्रदर्शन, भेला तथा र्याली गर्ने भनी सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार भएकोप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको सूचनामा भनिएको छ । यस्ता कार्यक्रम गर्नुअघि प्रशासनको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था रहे पनि अहिलेसम्म कसैले अनुमति नलिएको सूचनामा उल्लेख छ ।विमानस्थल जस्तो अति संवेदनशील ठाउँको सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रशासनले जनाएको छ । साथै, महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान र नागरिकको सहज आवतजावत सुनिश्चित गर्न पनि यस्तो निर्णय आवश्यक रहेको सूचनामा उल्लेख छ ।प्रशासनले विमानस्थल आसपासका सार्वजनिक सडक तथा क्षेत्रमा यातायात सञ्चालन र नागरिकको आवागमनमा अवरोध पुग्ने गरी कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, हड्ताल, घेराउ वा भेला नगर्न आग्रह गरेको छ ।साथै, सामाजिक सञ्जालमार्फत यस्ता गतिविधिमा सहभागी हुन प्रेरित गर्ने वा उक्साउने कार्य नगर्नसमेत चेतावनी दिइएको छ । निषेधित तथा संवेदनशील क्षेत्रमा कानुन विपरीतका गतिविधिमा संलग्नलाई कारबाही गर्ने चेतावनी पनि प्रशासनले दिएको छ । वैखरी

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP