Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सेयर बजार घट्ने क्रम रोकियो, मार्जिन कारोबार सुविधाले लगानीकर्ता उत्साहित

 

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रम बिहीबार रोकिएको छ ।साताको सुरुवातदेखि निरन्तर घटेको नेप्से परिसूचक बिहीबार करिब ९ अंक बढेको हो ।यो साता आइतबार १०.२४, सोमबार २६.०५, मंगलबार १०.२५ र बुधबार ०.०४ अंक घटेको नेप्सेमा बिहीबार सुधार आएको हो । बिहीबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको नेप्सेले जनाएको छ ।नेपाल धितोपत्र बोर्डले बुधबार मार्जिन कारोबार सुविधा निर्देशिका जारी गरेसँगै लगानीकर्ताको मनोबलमा सुधार आएको देखिन्छ । मार्जिन कारोबारपछि बैंक गएर कर्जा लिई ब्रोकरलाई तिर्नुपर्ने झन्झट अन्त्य हुने भएपछि बजारमा कारोबार बढ्ने तथा लगानी समेत बढाउन सकिने भएकाले लगानीकर्ताको मनोबल सकारात्मक भएको देखिन्छ ।बिहीबार कारोबार सुरु हुँदा २६६२.१० अंकमा रहेको नेप्से सूचक ८.९७ अंक बढेर २६७१.०७ बिन्दु पुगेको छ । नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक सकारात्मक भएको हो ।बिहीबार नेप्सेमा १ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी १ सय १५ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन नेप्सेमा कारोबार भएका ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।यस दिन मध्यभोटेकोशी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेप्सेले जनाएको छ ।बिहीबार नेप्सेमा कारोबार भएका धेरै जलविद्युत् कम्पनीको सेयर मूल्य बढेको छ । जलविद्युत् कम्पनीको सेयर मूल्यमा सुधार आए पनि समूहगत सूचक ३४.६५ अंक बढेको छ ।त्यसैगरी बैंकिङ ४.७५, विकास बैंक ६६.८०, वित्त ८.५९, लगानी ०.६५, जीवन बीमा ६३.२२, उत्पादनमूलक ५५.०४ र सामूहिक लगानी कोष ०.०४ अंक बढेको नेप्सेले जनाएको छ । तर, बिहीबार होटल १२१.३४, लघुवित्त ०.६९, निर्जीवन बीमा १६.२७, अन्य ६.२१ र व्यापार समूह ३.५७ अंक घटेका छन् ।बिहीबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिने नेप्सेमा ३ सय ३७ कम्पनीको १ लाख ६ हजार कारोबारबाट २ करोड ७७ लाख ८० हजार ५ सय ८४ कित्ता सेयर ११ अर्ब १० करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेमा ३ सय २९ कम्पनीको ८२ हजार ४ सय ५० कारोबारबाट २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP