Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या

काठमाडौं : सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ।आइतबार राति सर्लाहीको मलंगवा नगरपालिका– १० मा यादवमाथि गोली प्रहार गरिएको थियो। गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइए पनि उपचार सम्भव नभएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामप्रकाश साहका अनुसार यादवको छातीमा गोली लागेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।सिराहा निवासी यादव कार्यालयनजिकै मलंगवा– १० मा डेरा गरी बस्दै आएका थिए। यादवकी श्रीमती पुनमकुमारी यादवका अनुसार कोठामै रहेका बेला कसैले बाहिर बोलाएको र घरको गेटबाहिर पुग्नेबित्तिकै अज्ञात व्यक्तिहरूले गोली प्रहार गरेका थिए। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP