Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन

काठमाडौं : अनेरास्ववियू कान्तिपुर सिटी कलेज (के.सि.सि.) क्याम्पस कमिटीले कलेज प्रशासनविरुद्ध शान्तिपूर्ण आन्दोलन सुरु गरेको छ। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि विद्यार्थीका माग बेवास्ता गरिएको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको कमिटीले जनाएको छ।अनेरास्ववियूका अनुसार कलेजमा देखिएका विभिन्न शैक्षिक, प्रशासनिक तथा भौतिक पूर्वाधार सम्बन्धी समस्याको समाधान र विद्यार्थीका माग सम्बोधनका लागि पटक–पटक लिखित तथा मौखिक पहल गरिएको थियो। तर कलेज प्रशासनले चासो नदेखाएपछि के.सि.सि. कमिटी र विद्यार्थीहरूले संयुक्त रूपमा शान्तिपूर्ण प्रदर्शन सुरु गरेका हुन्।आन्दोलनमा सहभागी विद्यार्थीहरूले हातमा विभिन्न प्लेकार्ड बोकेर ‘हाम्रो माग पूरा गर’, ‘विद्यार्थीमैत्री वातावरण कायम गर’ लगायतका नारा लगाइरहेका छन्। कलेज प्रशासनले माग सम्बोधन गर्नुको साटो प्रहरी प्रशासन बोलाएर आन्दोलन दबाउने प्रयास गरेको आरोप अनेरास्ववियूले लगाएको छ।क्याम्पस कमिटीका अध्यक्ष रोहन माझीका अनुसार कलेजले विद्यार्थीहरूको जायज मागलाई बेवास्ता गर्दै उल्टै दबाब र त्रास सिर्जना गर्न खोजेको बताए। ‘हामीले पटक–पटक संवाद र सहमतिबाट समस्या समाधान गर्न खोज्यौं, तर प्रशासन गम्भीर देखिएन। अब पनि छिटोभन्दा छिटो माग सम्बोधन नगरिए आन्दोलनको स्वरूप अझ सशक्त बनाइनेछ,’ उनले चेतावनी दिए।विज्ञप्तिअनुसार विद्यार्थीहरूले विशेषगरी कलेज पोशाकको नाममा लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न, खेलमैदान तथा पार्किङ व्यवस्थापन गर्न, वार्षिक खेलकुद कार्यक्रमको बजेट पारदर्शी बनाउन, कक्षाकोठामा एसीको व्यवस्था गर्न, प्रत्येक भवनको प्रत्येक तलामा शुद्ध पिउने पानीको डिस्पेन्सर राख्न, साउण्ड सिस्टम व्यवस्थापन सुधार गर्न तथा शिक्षक मूल्याङ्कन प्रणाली कार्यान्वयन गरी आवश्यक परे शिक्षक परिवर्तन गर्न माग गरेका छन्।अनेरास्ववियूले तीन दिनभित्र माग सम्बोधन गर्न कलेज प्रशासनलाई विज्ञप्ति सहित आग्रह गरेको थियो,तर ३ दिन बितिसक्दा पनि कलेज प्रशासन मौन बसेकोले आज बिहान बाट कलेज प्राङ्गनमा आफुहरु प्लेकार्ड सहित नारामा उत्रिएको बताए यतिहुदा पनि कलेज प्रशासन मौन नै रह्यो भने विद्यार्थीहरूको पक्षमा अझ कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिइएको छ। थाहा खबर 
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP