Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

यूएई मा बसेर सामाजिक सञ्जालमा भ्रामक भिडियो फैलाउने एक नेपाली पक्राउ

सामाजिक सञ्जालमा भ्रामक भिडियो फैलाउने एक नेपाली यूएईमा पक्राउ
संयुक्त अरब इमिरेट्स (यूएई)मा बसेर सामाजिक सञ्जालमा भ्रामक भिडियो फैलाउने एक नेपाली पक्राउ परेका छन्। यूएईका महान्यायाधिवक्ता डा. हमाद सैफ अल शाम्सीले नेपालीसहितका १० जनालाई पक्राउ गर्न आदेश दिएका छन्।ती नेपालीको परिचय खुलाइएको छैन। ‘तत्काल सुनुवाइ’ प्रक्रिया अघि बढाइएको छ। यूएईबाट सञ्चालित खालिज टाइम्सका अनुसार पक्राउ पर्नेमा नेपाल, इजिप्ट, फिलिपिन्स, भियतनाम, पाकिस्तान, इरान, बङ्गलादेश र क्यामरुनका एक/एक जना तथा भारतका दुई जना नागरिक रहेका छन्।सार्वजनिक अभियोजनले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा आरोपितले यूएईको हवाई प्रतिरक्षा प्रणालीले आक्रमण विफल पारेका वास्तविक फुटेजहरू सार्वजनिक गरेको पाइएको छ। यसका साथै एआईको दुरुपयोग गरी तयार पारिएका नक्कली भिडिओमार्फत यूएईका प्रमुख स्थलहरूमा विस्फोट भएको, आक्रमण भएको र आगलागी भएको भन्दै झुटो प्रचार गरिएको थियो।त्यहाँको प्रचलित कानूनअनुसार यस्ता काम गरेमा कम्तीमा एक वर्ष कैद र कम्तीमा १ लाख दिरहम जरिवाना हुने उल्लेख छ। थाहा खबर 
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP