Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

बाणगंगामा फोहोरमैला व्यवस्थापन तत्कालका लागि वडास्तरमै व्यवस्थापन गर्ने सहमति

बाणगंगा नगरपालिकाले फोहोरमैला व्यवस्थापनको देखिएको समस्या समाधानका लागि सरोकारवाला निकायसँग व्यापक छलफल गरेको छ। आज नगरपालिकाको सभाहलमा आयोजित विशेष बैठकमा दीर्घकालीन तथा तत्कालीन समाधानका उपायबारे गहन विचार–विमर्श गरिएको हो।

छलफलबाट तत्कालका लागि प्रत्येक वडाले आफ्नै वडाभित्र उत्पन्न हुने फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको छ। दीर्घकालीन समाधानका लागि उपयुक्त स्थान पहिचान गरी व्यवस्थित डम्पिङ साइट निर्माण गर्ने विषयमा पनि सहकार्य गर्ने निष्कर्ष निकालिएको छ।

यसअघि बाणगंगा पुल किनारमा डम्पिङ साइट बनाएर फोहोरमैला व्यवस्थापन गर्दै आएको नगरपालिकाले पछिल्लो समय स्थानीयवासीको विरोधपछि उक्त कार्य प्रभावित बनेको छ। वैकल्पिक व्यवस्थापनका लागि केही सामुदायिक वन क्षेत्रमा प्रयास गरिए पनि स्थानीय बासिन्दा तथा डिभिजन वन कार्यालयको अवरोधका कारण कार्यान्वयनमा समस्या आएको जनाइएको छ।

कार्यक्रममा बोल्दै नगरप्रमुख चक्रपाणी अर्यालले फोहोरमैला व्यवस्थापन अहिले नगरपालिकाको प्रमुख चुनौतीका रूपमा देखिएको उल्लेख गर्नुभयो।
नगरपालिकाले आगामी दिनमा सबै सरोकारवालासँग समन्वय गर्दै दीर्घकालीन समाधानका लागि ठोस योजना अघि बढाउने जनाएको छ।

बैठकमा नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिताकुमारी चौधरी, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खानेपानी तथा सरसफाइ समूहका पदाधिकारी, उद्योगी व्यवसायी, सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, युवा क्लबका सदस्य तथा नगरपालिकाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।  वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP