Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

चीनले भारतसँगको भेटमा कश्मीर विवाद नउठाउने

भारतसँगको शिखर वार्तामा चीनले भारतसँग कश्मीर विवाद नउठाउने बताएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी महिना भारत भ्रमण गर्ने कार्यक्रम छ।

भारतले जम्मु कश्मीरमा धारा ३७० खारेज गरेपछि भारत–पाकिस्तानबीच विवाद बढेको छ। ५ अगस्तमा भारतले चालेको कदमले पाकिस्तानले विभिन्न मञ्चमार्फत यो विषय उठाउँदै आएको छ। पाकिस्तानले संयुक्त राष्ट्रसंघमा पनि यो विषय उठाए पनि सफल हुन सकेन।

यसै विषयलाई लिएर चीनले सी–मोदीबीच हुने भेटमा कश्मीरलाई मुद्दा नबनाउने स्पष्ट पारेको हो। पाकिस्तानले भारतसँगको कूटनीतिक स्तर घटाएको छ। मोदी र सीको चाहनाअनुसारका विषयमा छलफल हुने चिनियाँ विदेश मन्त्रालयकी ह्वा चुनयिङले बताइन्। उनले यो अनौपचारिक शिखर वार्ता र दुई नेताको बैठक भएको बताइन्। ह्वाले भनिन्, ‘मेरो विचारमा कश्मीर जस्ता मुद्दा सामेल गरिनेछैनन्।’ दुवै नेताले आफूले चाहेका विषयमा छलफल गर्ने जानकारी दिइन्। उनले भनिन्, ‘हामीले कश्मीरलाई भारत–पाकिस्तानबीचको समस्याका रूपमा लिएका छौं।

कश्मीर विवादलाई लिएर संयुक्त राष्ट्रसंघका केही प्रस्ताव छन्। हामीलाई लाग्छ, यसैले यो विवाद राष्ट्रसंघीय बडापत्र र प्रस्तावअनुरूप भारत र पाकिस्तानबीच मैत्रीपूर्ण एवं शान्तिपूर्ण तरिकाले हल गरिनेछ।’ राष्ट्रपति सीले आगामी महिना भारत भ्रमण गर्दै छन्। सी र मोदीको भेट हुने स्थान र समयबारे उनले विस्तृत जानकारी दिइनन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP