Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

पौष १४ गते वाट छैठौ चन्द्रौटा महोत्सव

माधव बेल्वासे
कपिलवस्तु ,२३ मंसिर
कपिलवस्तुको चन्द्रौटामा यहि पौष १४ गते वाट छैठौ चन्द्रौटा औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव हुने भएको छ । चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजनामा हुने उक्त महोत्वसले जिल्लाका पर्यटकिय क्षेत्र र औद्योगिक करीडोर निमार्णमा टेवा पुग्ने विश्वास गरीएको छ । कृषि पर्यटन र औद्योगिक विकास हाम्रो अभियान,आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित आयोजना हुने महोत्सवको तयारी सुरु भएको आयोजकले जनाएको छ । आयोजक सस्थाले पत्रकार सम्मेलन गरी महोत्सव वारे जानकारी दिएको हो ।
महोत्सवले चन्द्रौटा विकास र समृद्धको लागी भुमीका खेल्ने भएकोले महोत्सवलाई सवैको सहयोग आवश्यक रहेको संघका अध्यक्ष जमसेद मियाले वताउनुभयो । स्थानिय स्तरमा उत्पादीत कृषिलाई प्राथमिकता दिएको भन्दै भगवान गौतम वुद्धले २९ वर्ष विताएको कपिलवस्तुका एतिहासिक क्षेत्रहरुको ओेझेलमा परेकोले ति क्षेत्रलाई महोत्सव मार्फत प्रचार प्रसार गर्ने जनाउनुभएको छ ।
पौष २६ गते सम्म चल्ने महोत्सवमा चन्द्रौटा डान्स आईडललाई आर्कषकको केन्द्रविन्दु पारिएको छ भने राष्ट्रिय कलाकारले महोत्सवलाई मनोरन्जनात्मक गराउने संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डेले वताउनुभयो । अव महोत्सव स्थल निमार्णको काम सुरु गरिने जनाउदै ३ सय स्टलहरु बनाउने तयारी गरेको महासचिव दमन भाटले वताउनुभयो । मिडिया क्षेत्रले महोत्सवलाई सफल बनाउन महोत्वपुर्ण भुमीका हुने भएकोले प्रचार प्रसार तिव्र रुपमा गर्न समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP