Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

नेपालमै भेटियो ‘महादेव लुकेको’ अनौठो शिवथान ढुंगा देखेर पनि नदेखे जस्तो नगर्नुहोला ॐ-ॐ लेखि शेयर गर्नुहोला

तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–५ र लालीगुराँस नगरपालिका–९ को संगमस्थल पिंगुवा खोलामा रहेको शिवथान मन्दिर पौराणिक धार्मिक महत्व बोकेको मन्दिर हो ।

तर यो मन्दिर आवश्यक संरक्षण, सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको छ । मन्दिरको धार्मिक महत्व प्रचारमा ल्याउन र उचित प्रवर्द्धन गर्न नसक्दा ओझेलमा परेको हो ।

खोलाको बीच भागमा रहेको शिवथान मन्दिरमा लिम्बु समुदायले विशेष पूजाआजा गर्ने ठाउँ हो । ऐतिहासिक धार्मिक महत्व बोकेको शिवथान मन्दिरमा वर्षौदेखि आफ्ना पुर्वजहरुले पूजाआजा गर्दै आएको स्थानीय बताउँछन् ।

यस ठाँउमा महाशिवरात्री, श्री पञ्चमी र साउन महिना साथै अन्य विभिन्न अवसरमा दर्शनार्थी भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । खोलाको बीच भागमा रहेको शिवथान महादेव र पार्वतीको ऐतिहासिक धर्म कथासँग जोडिएको धार्मिक सम्पदा हो ।

आन्तरिक पर्यटकहरु प्राय आईरहने यस क्षेत्रमा, छुट्टीको समयमा विद्यार्थीहरुलाई समेत लाने र उनीहरुलाई धार्मिक एवं ऐतिहासिक कुराको जानकारी प्रदान गर्ने कार्य गर्दै आएको स्थानीय हरिहर आधारभूत विद्यालयका शिक्षक अर्जुन रेग्मीले बताए ।

शिवथान रहेको ढुंगाको ओढार दायाँबायाँ दुवैपट्टिबाट पानी बगेको छ । शिवथान रहेको ढुंगाको आकृति समेत आश्चर्यजनक छ । झट्ट हेर्दा मानव निर्मित जस्तै देखिने ढुंगाको मुख्य भागमा दुई वटा गुफा छन् ।

किंवदन्तीअनुसार महादेव र पार्वतीबिच द्वन्द्व भएपछि महादेव रिसाएर भाग्दै यो स्थानको माथिको गुफामा बसेको र खोज्दै गएकी पार्वती तल्लो गुफामा बसेको कुरा स्थानीय कृष्णप्रसाद दाहालले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP