Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

थारु समुदायको पुर्खाैली सामाग्री नै थारुहरुको पहिचानः उप–प्रमुख थारु ।।

राम अवतार चौधरी
कपिलवस्तु, २ माघ ।

शिवराज नगर उप–प्रमुख शिवकुमारी थारुले साँस्कृतिक महोत्सवले नयाँ प्रतिभा उत्पादन गर्नुका साथै थारु समुदायको पुर्खाैली सामाग्री नै थारुहरुको पहिचान रहेको बताएकी छन् । कपिलवस्तुको शिवराज नगरपालिका–९, शिवगढीमा भगवानपुर गाउँ समाज समितिको आयोजनामा भएको तेस्रो माघी मिलन साँस्कृतिक महोत्सवको बुधबार समापन कार्यक्रममा उप–प्रमुख थारुले यस्तो बताएकी हुन् ।

थारुले भनिन– थारु समुदायमा यस्ता महोत्सबले नयाँ तरङ्ग नै ल्याएको बताउँदै थारु कला, संस्कृति र रितिरिवाज संरक्षण तथा पहिचानको लागि एक्यबद्धताका साथ युवाहरु लागेको आयोजक टिमलाई धन्यवाद दिँदै थारु भुमिपुत्र भए पनि थारुहरुको इतिहास नै यकिन नभएको बताईन् । पहिले भने थारु समुदायमा कलाकारहरु बिरलै देखिन थिए तर अहिले भने यस्तै कार्यक्रमले गर्दा कपिलवस्तुमै उत्कृष्ट गायक, मोडल लगायत जस्ता प्रतिभा उत्पादन भएको उदाहरण बनेको छ । शिवराज नगरपालिका थारु बहुल्य भएको नगरबाट अछुटो छैन् तर बिडम्बना थारु समुदायमा अझै पनि एकरुपता आएको छैन् यसलाई एकिकृत गर्नु तपाई हामी सबैको दायित्व हो त्यसैले सबै थारुहरु एकजुट हुन आवश्यक रहेको समेत उप–प्रमुख थारुले बताईन् ।

उप–प्रमुख थारुले थारु समुदाय कला, संस्कृतिले भरिपूर्ण रहेको समुदाय हो हामीले थारु हुनुमा गर्व गर्नु पर्छ यस अर्थमा हाम्रो संस्कृतिले नेपाली मात्रै होइन् विदेशी पर्यटकलाई समेत आर्कषण तथा प्ररेणीत गर्नमा धेरै सहयोग पुगेको बताउँदै यसको लागि कपिलवस्तुकै नमुनामय थारु संग्राहलय उमरीडाँडामा बन्ने भएको जहाँ थारु रितिरिवाज बारे जानकारी देखि लिएर थारु परिकारको समेत स्वाद लिन पाउने व्यवस्था रहने उनले बताईन् ।

महोत्सवमा थारु समुदाय जिल्लाकै पछि परेको भगवानपुर गाउँ रहेको त्यसमा साँस्कृतिक, शिक्षा लगायत अन्य झनै पछाडि रहेको थियो तर अब भने यस निरन्तर तेस्रो महोत्सवले इतिहासकै एक नमुना बनेको अधिकांश बक्ताहरुले बताएका थिए ।

यस्तै महोत्सवको मुख्य आकर्षण थारु पुर्खाैली हेलुका, डेलिया, पौवा, सुुप्पा, परगेहनी, डेलवा र खोटपोटिया लगायतका थुप्रै सामाग्री प्रदर्शनका लागि थारु संग्रहालयको रूपमा सजाइएर राखिएको वस्तु दर्शकहरुको केन्द्र बिन्दु बनेको थियो ।

त्यसैगरी महोत्सवको अन्तिम दिन गायिका समीक्षा चौधरी, एरेन्जर तथा गायक गणेश चौधरी, गायक श्रीनिवास चौधरी र मोडल ममता चौधरी लगायत कलाकरहरूले दर्शकरूलाई भरिपुर्ण मनोरन्जन गराएको साँस्कृतिक संयोजक शिवराज थारुले जनाए ।

उक्त महोत्सव रमेश थारको संयोजकतत्व, शिवराज नगर उप–प्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यता, चन्द्रौटा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, राम बहादुर केसी, हरि श्रेष्ठ, साठिया थारु, प्रेम केसी, गणेश केसी लगायतको आतिथ्यता र भिखुराम थारुको सञ्चालनमा महोत्सव भव्य सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP