Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

वन्यजन्तुको आखेटोपहार र बन्दुकसहित एक जना पक्राउ

पर्वत : अवैध रूपमा घरमा लुकाई राखेको वन्यजन्तुको छाला (आखेटोपहार) र बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दीका २८ वर्षीय खो बहादुर थापालाई बुधवार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै अवैध रूपमा राखिएको चितुवाको जस्तो देखिने छाला र अन्य वस्तुसहित पक्राउ गरिएको हो।

छाला एक थान,दुई ओटा दाह्रा सहितको दाँतको भागको टुक्रा एक थान, हतियार नं. ७८१३४ को दुई नाले कार्तुस बन्दुक एक थान र त्यसमा लाग्ने गोलीको खोका ४५ थान, बन्दुकमा लाग्ने धातुका छर्रा एक सय ९१ थान थापाको साथबाट बरामद भएको छ।

यस्तै सोही बन्दुकमा प्रयोग हुने बारुद तीन सय १५ ग्राम, धातुका सानो छर्रा एक सय ५०, छर्रा बनाउन प्रयोग हुने सिसाको धातुको विभिन्न आकारको झन्डै तीन किलोग्राम डल्लो पदार्थ र सानो पटका रहेको पत्ता १ थान पनि उनको साथबाट भेटिएको छ।

पक्राउ परेका थापालाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP