Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

दाङमा फरार दुई जना पक्राउ

दाङ : दाङमा प्रहरीले दुई छुट्टाछुट्टै मुद्दामा फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका-३ का ५३ वर्षीय नैनबहादुर कामी र घोराही-३ कै ४० टेकबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

कामीलाई दाङ जिल्ला अदालतले २०७६ साल असार ३ गते लेनदेन मुद्दामा १ वर्ष कैद फैसला गरे पनि उनी फरार रहेका थिए।

फरार कामीलाई खोजतलास गर्दै जाँदा माघ ५ गते लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

त्यस्तै उनका अनुसार नेपालीलाई पनि दाङ जिल्ला अदालतले लागुऔषध मुद्दामा २०७८ साल वैशाख १५ गते २ वर्ष कैद र १ लाख जरिवाना फैसला गरे पनि उनी फरार थिए।

उनीलाई पनि माघ ५ गते बिहान लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रवक्ता रिजालले जानकारी दिए। पक्राउ परेका दुवैजनालाई शुक्रबार अदालतमा बुझाइएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP