Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

क्रिप्टो करेन्सी र बिट क्वाइनबाट कारोबार गर्ने तीन जना पक्राउ

काठमाडाै : क्रिप्टो करेन्सी र बिट क्वाइनबाट वित्तिय कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडाैंबाट पक्राउ गरेकाे छ।

महानगरीय अपराध महाशाखाकाे टाेलीले मीनभवनबाट तीन जनालाई पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा पर्वत फलेबास नगरपालिका- ११ कर्नास घर भई पाेखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडाैं-११ थापाथली बस्ने २७ वर्षीय  दीपेनराज श्रेष्ठ छन्।

पक्राउ व्यक्तिहरूमध्येका राजन भट्टराईले हालसम्म ९७५ जनासँग एक हजार ९२६ पटक कारोबार गरेको तथा मंसिरदेखि पुससम्म लगभग २६ लाख रुपैयाँकाे कारोबार गरेको अनुसन्धानबाट खुलेकाे महाशाखाले जनाएकाे छ। अन्य दुई जनाले समेत कारोबार गरेको देखिएकाे प्रहरीले जनाएकाे छ।

पक्राउ परेकाहरूलाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएकाे छ। नेपालमा क्रिप्टाे करेन्सीको कारोबार गर्ने गराउने कार्य कानुन बिपरित भएकोले यस्तो कार्य नगर्न, नगराउन हुन महाशाखाले सबैमा अनुराेधसमेत गरेकाे छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP